
रञ्जन अधिकारी पोखरा, १० माघ / सर्वाधिक लिग च्याम्पियन टीम मनाङ मस्र्याङ्दी क्लबले राष्ट्रिय लिग नै खेल्न छाड्ला ? सन् १९८२ देखि फुटबल खेल्दै आएको मनाङले सात पटकसम्म लिग जितिसकेको छ । अब मनाङले नेपाली फुटबलको नियामक अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यशैलीप्रति चित्त दुखाउँदै एन्फाले सञ्चालन गर्ने कुनै पनि प्रतियोगिता नखेल्ने सम्मको निर्णय गर्न सक्छ । यसको जनाउ प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले पोखराका पत्रकारमाझ दिए । आवश्यक पर्दा खेलाडी नदिने हो भने किन फुटबल खेल्ने ? भन्ने प्रश्नले मनाङको कार्यसमिति बैठकमा प्रवेश पाईसकेको उनले जनाए ।
पोखरा रंगशालामा १४ औं आहारारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ । पोखरामा सर्वाधिक माया पाउने टीमका रुपमा रहेको मनाङ मस्र्याङ्दीले जारी संस्करणमा आईतबार पहिलो खेल खेल्दै थियो । हल्लाले बजार पिट्यो – मनाङ मस्र्याङ्दीले खेल्दैन । टीमका कप्तान अनिल गुरुङले पोखरेली दर्शकका लागि मैदान उत्रने भनाई सार्वजनिक गरे । यद्यपी पहिलेका दिनहरु भन्दा आधा घण्टा ढिला गरी खेल सुरु भयो । नतिजाका लागि अतिरिक्त समय नै कुर्नुप¥यो । १० खेलाडीमा सीमित विपक्षी ईण्डियन आर्मी गोर्खा ब्रिगेड विरुद्ध अन्तिम १५ मिनेटमा २–० को नतिजा निस्क्यो ।
खेल मनाङ मस्र्याङ्दीले नै खेलेको जस्तो महसुस गर्न दर्शकले पाएनन् । उसो त मनाङका प्रशिक्षक÷व्यवस्थापक पनि जीतपछि पनि खुशी देखिएनन् । प्रशिक्षक छिरिङ लोप्साङले मनाङ पोखरेली दर्शकलाई निराश नपार्न मात्र मैदान उत्रिएको बताए । खेलपछि पोष्ट म्याच कन्फरेन्समा उनले ७५ प्रतिशत खेलाडी नै नभएको भन्दै आफ्ना भनाई सुरु गरे । मनाङका सात खेलाडी बंगबन्धु गोल्डकप खेलेर शनिबार मात्र काठमाण्डौं फर्किएका छन् । २३ वर्षपछि उपाधि जिताउने राष्ट्रिय टिमका कप्तान विराज महर्जन, विमल घर्ती मगर, अञ्जन विष्ट, विक्रम लामा, विशाल राई, हेमन गुरुङ, अनन्त तामाङ यो सिजनमा मनाङमा छन् ।
यी खेलाडीहरु पोखरा आउन नदिएकोमा उनले एन्फाको चर्को आलोचना गरे । ‘एन्फाले अन्तिम अवस्थामा धोका दिँदा पोखरामा आज यस्तो अवस्था आयो । राष्ट्रिय खेलकुद परिषद्ले पत्र पठाउँदा पनि एन्फाले नटेरेपछि राखेप भन्दा एन्फा बलियो भएको पुष्टि भएको छ ’– उनले तितो पोखे– ‘ पहिलेदेखि नै खेलाडीलाई नछोड्ने जनाएको भए फरक सोचबाट टिम बनाउँथ्यौं । अन्तिम अवस्थामा एन्फाले धम्क्याउने काम ग¥यो ।’
उनले खेलाडीलाई मानसिक दवाव दिएको समेत आरोाप लगाए । तिमीहरु पोखरामा गएर खेल्यौ भने राष्ट्रिय टीममा राख्दैनौं, सात लाख पुरस्कार पनि दिँदैनौं भनेर धम्क्याउने काम भयो । प्रशिक्षक गुरुङले थपे – ‘राखेपको निर्णयलाई एन्फाले मानेन । विहानसम्म कोशिस ग¥यौं तर सफल भएनौं ।’
वर्ष दिनसम्म हरेक महिना नियमित पारिश्रमिक दिएर क्लबले खेलाडीलाई पाल्नुपर्ने भन्दै उनले फिफा र एएफसीको नियमानुसार अघि बढ्ने हो भने यसरी खेलाडीलाई बन्देज गर्न नहुने बताए । राष्ट्रलाई चाहेको खण्डमा सात दिन अघि क्लबले छाड्नुपर्ने नियममा आफुहरु प्रतिबद्ध रहेको र सागका लागि छाड्न तयार रहँदा रहँदै एन्फाबाट खेलाडी रोक भएकोमा उनको आपत्ति छ ।
एन्फामा खराब प्रवृत्ति अन्त्य नभएको गुनासो गरे । ‘हिजोको दिनमा कस्ता व्यक्तिहरु थियो र अहिले पनि त्यस्तै व्यक्तिहरुको छायाँछत्रमा बसेजस्तो महसुस भएको छ । उनले भने– ‘जबसम्म एन्फामा त्यस्ता व्यक्तिहरुलाई जरैदेखि उखेलेर फालिँदैन तबसम्म नेपालमा फुटबलको विकास सम्भव छैन ।’
उनले अबदेखि मनाङ मोफसलको प्रतियोगिता खेलेपनि एन्फाले सञ्चालन गर्ने कुनै प्रतियोगिता नखेल्ने छलफलमा क्लब रहेको जनाए । ‘फुटबल त्याग्नेसम्मको निर्णय त नहोला तर एन्फाको यस्तै कार्यशैली रहे नखेल्ने निर्णय होला । राष्ट्रका लागि नखेल्ने भन्ने त होईन तर राष्ट्रिय खेलाडी बनाउने क्लबका बारेमा पनि सोच्नुपर्छ नि ।’ पत्रकारमाझ उनले भने ।
Pic. Goalnepal.com
