
पोखरा, ११ माघ
नेपालको प्राकृतिक एवं पर्यटकीय नगरी पोखराकै एक सांस्कृतिक सम्पदाको रुपमा रहेको पोखराको बाह्र भैरब नृत्य आज भैरबटोल स्थित गणेश मन्दिरको प्राङ्गणमा प्रदर्शन गरिएको छ ।
आज विशेष आकर्षणमा ८१ वर्षिय वृद्धाले पनि नृत्य प्रदर्शनमा सहभागीता जनाएका छन् ।
नृत्यको प्रदर्शन भीमसेनटोलमा रहेको भीमसेन मन्दिरमा नाट्येश्वरको रुपमा रहेको भीमसेनको पुजा गरी गत माघ ७ गते विहिवार देखि विधिवत प्रदर्शन शुरु भएको हो । ६, ६ वर्षको अन्तरालमा देखाइने यस नाच २०६७ सालमा प्रदर्शन गरिएको थियो । यस्तै भोलि मंगलबार तेर्सापट्टीमा बाह्र भैरब नृत्य प्रद्यर्शन गरिने प्रचारप्रसार समिति सदस्य उदयबहादुर अमात्यले जानकारी दिए ।
यस नाच प्रदर्श गरिने वर्षमा सामान्यतया कार्तिक वा मंसिर महिनाबाट प्रदर्शन शुरु हुने भएता पनि यस वर्ष केहि ढिलो गरी प्रदर्शन शुरु भएको हो । भैरब सांस्कृतिक संरक्षण समितिका मूल गुरु एवं प्रमुख सल्लाहकार सर्वज्ञमान प्रंधानांग स्वर्गारोहणको पहिलो वार्षिक श्राद्ध पुरा नभइ देखाउन नमिल्ने हुनाले केहि समय ढिलो हुन गएको जानकारी हालका प्रमुख गुरु कृष्णबहादुर वैद्यले जानकारी दिए ।
यस नाच यस वर्ष प्रथम पदक भीमसेन मन्दिरको प्राङ्गनमा प्रदर्शन पछि दोश्रो दिन गणेशटोलको गणेश मन्दिरमा प्रदर्शन गरियो भने विभिन्न ठाउँ र मन्दिरमा देखाए पछि मुल गुरु कृष्णबहादुर वैद्यको घर अगाडि प्रदर्शन हुने जानकारी प्रचारप्रसार संयोजक अष्टमान प्रधानांगले दिए ।
त्यस पछि भैरब नृत्यको प्रदर्शन कुनै ब्यक्ति वा संघ संस्थाले माग भए बमोजिम व्यक्तिगत रुपले वा सामूदायिक रुपले पोखराको विभिन्न ठाउँमा प्रदर्शन हुँदै जाने जानकारी पनि दिनु भयो भने यस पालिको भैरब नाच चैत्र मसान्त सम्म प्रदर्शन हुने पनि जानकारी समेत दिए ।
यस नाचलाई विशेष गरी नेवार समूदायले करिब अढाइ सय वर्ष पहिले देखि नै संरक्षण गर्दै आएको छ भने २०२९ साल देखि यस नाचको संरक्षण एवं संवद्र्धन गनै भैरब सांस्कृतिक संरक्षण समिति स्थापना गर्ने प्रयास भएको थियो भने २०३२ साल देखि यो नाच पूर्णत सांगठनिक ढाँचामा अगाडि बढिरहेको देखिन्छ ।
यस नाच सुसम्पन्न गर्न विभिन्न समिति समेतको गठन गरिएको छ । यस नाच प्रदर्शन सामन्यतया बेलुकी बाट शुरु भएर मध्य रात सम्म देखाइंदा वरि परिका बासिन्दाहरु ठूलो जमघट हुने गरेको देखिन्छ । यस नाच एक पटक प्रदर्शन हु“दा १२ नृत्य कलाकार, २५÷३० जना रागी, १० जति वाद्यवादक लगायत गरी करिब ९०÷१०० जना जनशक्ति संलग्न हुने गर्दछन् । यस पटकको नाचमा व्यापक जनसहभागिता हुने आशा प्रचार प्रसार समितिको संयोजक अष्टमान प्रधानाड्डले गर्नु भएको छ ।
