अटोमोबाइल्स एशोसियशनद्वारा ट्राफिक प्रहरीलाई इन्भर्टर प्रदान

Share:

पोखरा, १० जेठ। पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसियशनको नवौ बार्षिकोत्सवका अवसरमा पोखरामा शनिवार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई इन्भर्टर प्रदान गरिएको छ। यातायात व्यवस्थापनका लागि ट्राफिक कार्यालयमा जडान गरिएको सिसि टिभि संचालनमा सहयोग पु¥याउने उदेश्यले इन्भर्टर प्रदान गरिएको हो।

लोडसेडीड्डको समयमा सिसि टिभि संचालन हुन नसकेकाले कार्यालयको आवश्यकता अनुसार नै इन्भर्टर प्रदान गरिएको एशोसियशनका सदस्य गोकर्ण काकीले बताए।

शनिवार आयोजित कार्यक्रमवीच कार्यक्रमका प्रमुख अतिथि नेपाल अटोमोवाइल्स डिलर्स एशोसियशनका केन्द्रीय उपाध्यक्ष नारायण पौडेल सहित संस्थाका पदाधिकारीहरुले संयुत्त रुपमा ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक शिव थापालाई इन्भर्टर हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै नेपाल अटोमोवाइल्स डिलर्स एशोसियशनका केन्द्रीय उपाध्यक्ष नारायण पौडेलले काठमाण्डौपछि पोखरा अटोमोबाइल्सको दोस्रो शहर भएको उल्लेख गरे।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक थापाले विद्युत नभएका बेला इन्भर्टरको सहायताले कार्यालयको काम अघि बढाउन सहयोग पुग्ने बताए।

संस्थाका पुर्वअध्यक्ष दामु अधिकारीले व्यवसायीहरुले व्यवसाय मात्रै नगरी सामाजिक उत्तरदायित्व पनि निर्वाहगर्दै आइरहेको बताए।

कार्यक्रममा अटो पत्रकार सङ्घ कास्कीका संयोजक सुरेन्द्र पौडेल, संस्थाका सल्लाहाकार बसन्त प्रधान, कास्की मोटरसाइकल मेकानिकल एशोसियशनका अध्यक्ष माधव खतिवडा, गण्डकी अटो वर्क मेकानिकल एशोसियशनका अध्यक्ष कुलबहादुर नेपालीले बोलेका थिए।

पश्चिमाञ्चल अटोमोवाइल्स डिलर्स एशोसियशनका अध्यक्ष ध्रुवबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य एवं कार्यक्रम संयोजक शिव श्रेष्ठले स्वागत र महासचिव मोहनबाबु खड्काले कार्यक्रम संचालन गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: