कोइराला सरकारको १०० दिनको उपलब्धी सार्वजनिक : उद्घाटनदेखि निरीक्षणसम्म

379
0
Share:

काठमाडौ, जेष्ठ ११ – सुशील कोइराला नेतृत्वको सरकारले १०० दिनसम्म गरेका उपलब्धी सार्वजनिक गरेको छ । राष्ट्रिय योजना आयोगको हलमा आयोजित एक कार्यक्रमका सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले सरकारको उपलब्धी सार्वजनिक गरेका हुन् ।

सरकारले आफ्नो १०० दिनसम्म प्रधानमन्त्रीले गरेको निरीक्षण र उद्घाटनसम्मका कामलाई उपलब्धीको सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको सूचीमा अधिकारी दम्पतिलाईलाई अनशन तोड्न आग्रह गरेको र डा. गोविन्द केसीको अनसन तोडाएको समेत उल्लेख छ ।

संबिधानसभाले कार्यतालिका बनाएर यो बर्षको माघ ७ गतेसम्म संबिधान जारी भइसक्ने गरी काम थालेको भन्दै मन्त्री रिजालले भने,’अघिल्लो संबिधानसभामा भएको उपलब्धीहरुको स्वामित्व ग्रहण गदै सहमति हुन बाँकी रहेका बिषयहमा ध्यान केन्द्रीत हुने भएकाले एक बर्षभित्र संबिधान निर्माण हुनेमा वर्तमान सरकार विश्वस्त छ ।’

मन्त्री रिजालले पूर्ण राजनीतिक सहमतिका आधारमा सत्य निरुपण तथा बेपत्ता छानबिन ऐन जारी भइसकेकाले सरकारको प्रतिबद्धता पूरा भएको दाबी गरे ।

सरकारद्वारा जारी बिज्ञप्तीमा थप ७२ नगरपालिका थप गरिएको,  तीन महिनाको अवधीमा १९ हजार बढीलाई कारको दायरामा ल्याइएको, काठमाडौं उपत्यकामा ७५ किमी सडक कालोपत्रे गरिएको उल्लेख छ ।

देशभरका ८५ कार्यालयमा क्षतिपूर्तिसहितको नागरिक वडापत्र जारी गरिएको, गुण्डा नियन्त्रणमा गरिएको र नयाँ सरकार गठनसँगै वैदेशिक सहायतामा बृद्धि भएको विज्ञप्तीमा भनिएको छ । हालसम्म ३३ अर्बभन्दा बढी वैदेशिक सहायताको लागि सम्झौता भएको बताइएको छ ।

सरकारले १०० दिनको उपलब्धीको सूचीमा राष्ट्रिय सहकारी महासम्मेलन आयोजना गरिएको, नेपाल वायू सेवा निगमलाई चीनबाट जहाज भित्र्याइएको, प्रधानमन्त्रीले विराटनगरमा भएको महाकुम्भ मेला उद्घान गरेको भनी उल्लेख छ ।

यूनेस्कोको प्रधान कार्यालयमा गौतम बुद्धको मूर्ति पदस्थापन गरी विश्वभर नेपालको छवि निर्माण गर्न योगदान पुगेको जारी विज्ञप्तीमा भनिएको  छ ।

सरकारले विवादित निर्वाचन क्षेत्र कार्यक्रमलाई यो बर्षदेखि निरन्तरता दिएको भन्दै प्रधानमन्त्रीले बबई र सिंक्टा सिंचाई आयोजना निरीक्षण गरेको र मेची पुलको अनुगमन गरेको बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: