
पोखरा, २५ माघ-
१२ औं दक्षिण एशियाली खेलकुदमा सहभागी हुन नेपाली महिला तथा पुरुष ह्याण्डवल टिम सोमवार भारत तर्फ प्रस्थान गरेको छ । टिम काठमाडौं हुँदै भारत तर्फ जाने कार्यक्रम रहेको छ । टिमलाई राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य एवम भूतपुर्व खेलाडी मंचका अध्यक्ष खड्ग रानाभाट नेपाल ह्याडवल संघका केन्द्रिय सचिव केशव पाठकले विदाई गर्नुभएको थियो । नेपाल ह्याण्डवल संघका अध्यक्ष तथा नेपाल आलोम्पिक कमिटीका सदस्य तेज गुरुङ्ग आज नै १२ औं सागका लागि त्यस तर्फ प्रस्थान गर्नु भएको छ ।
१२ औं सागका लागि तयारीमा रहेको दुवै टोली पोखरामा एक महिने वन्द प्रशिक्षणमा रहेको थियो । पोखरामा वन्द प्रशिक्षणमा रहँदा टिमलाई सहयोग गर्ने पश्चिमाञ्चल क्षेत्रिय खेलुकद विकास समीती, कास्की जिल्ला खेलकुद विकास समिती, पोखरा उपमहानगर पालिका, शसस्त्र प्रहरी मुक्तीनाथ वाहिनी, शसस्त्र प्रहरी कालिका गण, पालिखे चोक स्थित फिस्टेल अस्पताल, वेलाएतमा रहनु भएका खेलकुद प्रेमीहरु, विभिन्न संचारमा आवद्ध पत्रकारहरु, स्थानिय विभिन्न संघ संस्थाहरु, चिकित्सक टोली तथा विभिन्न महानुभावहरु खेलाडी वसोवासका लागि सहयोग गर्ने होटल लेक प्यालेस,होटल व्लु हेभेन, होटल लेक टावर लाई नेपाल ह्याण्डवल संघले हार्दिक आभार व्यक्त गरेको छ ।
नेपालले आफ्नो खेल माघ २७ गते वाट खेल्ने छ । ह्याण्डवलका सवै खेलहरु गुवाहाटीमा हुने भएका छन् ।
