
काठमाडौं, २६ माघ-
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधन भएको छ ।
कोइरालाको मंगलबार मध्यरातमा निधन भएको छ । कोइरालाको गएराती १२ बजेर ५० मिनेटमा उनको निवास महाराजगञ्जमा निधन भएको हो । कोईरालालाई निकै लामो समयदेखि निमोनिया तथा फोक्सोको संक्रमण थियो ।
निवासमा एक्कासी लडेपछि उनलाई अस्पताल नै लैजान नपाई निधन भएको पारिवारिक श्रोतले बताएको छ ।
कोइरालाको निधनको खबरपछि गएराति नै केही नेताहरु महाराजगञ्ज पुगेका थिए । अहिले महाराजगञ्जमा निकै ठूलो भिड जम्मा भैसकेको छ ।
कोईरालाको निधनपछि नेपाली कांग्रेसले महाधिवेशनको पूर्वसन्ध्यामा जारी निर्वाचन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ ।
यससम्बन्धि थप निर्णय आज बिहान १० बजे बस्ने आकस्मिक केन्द्रीय समिति बैठकले गर्नेछ ।
