
रञ्जन अधिकारी पोखरा, १२ जेठ । रेडियो नेपाल कर्मचारी संघ, पोखराले सोमबार एक कार्यक्रमको आयोजना गरी दुई साहित्यकार सहित उत्कृष्ट कर्मचारीहरु र प्रवेशिका उत्तीर्ण छोराछोरीलाई सम्मान गरेको छ ।
संघले साहित्यकारद्वय कृष्णप्रसाद बास्तोला र छवि सुवेदी ‘विजयी’ लाई सम्मान गरेको हो । अनवरत रुपमा साहित्य सिर्जना र पत्रकारिताको माध्यमबाट नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थानमा पु¥याएको योगदानको कदर गर्दै बास्तोलालाई सम्मान गरिएको संघले जनाएको छ । यस्तै, नेपाली साहित्यको क्षेत्रमा योगदान पु¥याएको भन्दै सुवेदीलाई सम्मान गरिएको हो ।
यस्तै, रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरा उत्कृष्ट कर्मचारी २०६९ बाट प्राविधिक अधिकृत लक्ष्मण गुरुङ तथा उत्कृष्ट कर्मचारी २०७० बाट कार्यक्रम संचालिका शान्ति राणालाई सम्मान ग¥यो । प्रवेशिका परीक्षा २०७० उत्तीर्ण कर्मचारीका छोराछोरीहरु कुशल श्रेष्ठ, अनुश्रुति सुवेदी र रविन न्यौपानेलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले उनीहरुलाई सम्मानपत्र र मायाको चिनो प्रदान गर्दै सम्मान गरे ।
मन्त्री रिजालले सम्मानले सबै क्षेत्रका व्यक्तित्वलाई उर्जाशील बनाउने भन्दै संघले राम्रो कार्य गरेको बताए । उनले कर्मचारीको मागहरुलाई छलफल गरी टुंगाउने प्रतिबद्धता समेत जनाए ।
कर्मचारी संघका केन्द्रिय अध्यक्ष मनोजकुमार चौधरीले धेरैपछि काँग्रेसको भागमा सञ्चार मन्त्रालय परेकाले यो सरकारले संघले अघि सारेका मागलाई सम्बोधन गर्नेमा आफू विश्वस्त रहेको बताए ।
नेपाल ट्रेड यूनियन कांग्रेसका क्षेत्रीय अध्यक्ष मुरारी शर्मा, पत्रकार महासंघ रेडियो नेपाल इकाई सभापति दुर्गा फुयाँल, रेडियो नेपालका नायव कार्यकारी निर्देशक धनेन्द्र विमल, नेपाल प्रेस यूनियनका कार्यवाहक अध्यक्ष बद्रि सिग्देल, क्षेत्रीय प्रसारण केन्द्र पोखराका प्रमुख दुर्गानाथ रेग्मी, समाचार महाशाखा निर्देशक खगेन्द्र खत्री, सम्मानितद्वय शान्ति राणा र अनुश्रुति सुवेदीले बोलेका थिए ।
संघ, पोखराका अध्यक्ष पूर्णचन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ईन्दिरा गुरुङले स्वागत तथा सचिव प्रमिला सुवेदीले संचालन गरेकी थिईन् ।
