लमजुङको सिउँडीवार आगलागी, १ लाख भन्दा बढिको क्षति

Share:

श्यामशीत्तल
लमजुङ, माघ २८-
लमजुङको सुन्दरवजार नगरपालिका ४ सिउँडीवार चोक नजिक रहेको एक घरमा आगालागी भएको छ । पद्मा गुरुङको पक्की घरमो घरमा डेरा गरी वस्दै आएका उनका सहोदर भाई तारा गुरुङको कोठामा आगालागी भएको हो । विहिवार विहान ११ ः ३० वजेको समयमा आगालागी भएको हो । आगालागीवाट झण्डै १ लाख १० हजारभन्दा वढिको क्षति भएको प्रहरीले वताएको छ ।
‘‘आगालागी भएको खवर स्थानीयहरुले जानकारी गराए, त्यसपछि तुरुन्तै हामी आगालागी स्थलमा पुग्यौ । वन्द कोठावाट वाहिर धुँवा निस्केको देख्यौ” ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमन्त थापाले भने, ‘‘वन्द कोठाको ढोका फोरी स्थानीय र आफु सहितको प्रहरी टोलीले आगो निभायौँ, समयमै आगो नियन्त्रण गरिएकाले थप क्षति हुन पाएन ।”
कोठामा तारा गुरुङका साथमा उनकी पत्नी चीजा गुरुङ २ वटा वच्चा वस्दै आएका थिए । आगालागीवाट कोठामा रहेको वेड सेट, लत्ताकपडा, ग्याँस चुल्हो, झयल, खापा, चौकोस, पंखा अन्नपात लगायत अन्य चीजहरु जलेर नष्ट भएको प्रहरी जनाएको छ । घरधनी पद्मा गुरुङ भने वैदेशीक रोजगारीमा छन ।
‘‘डेरा गरी वस्दै आएका घरधनीका भाई तारा गुरुङ नुहाउनका लागि तातो पानी गएका रहेछन,” प्रहरी निरीक्षक थापाले थपे, ‘‘पालामा वालि छोडिएको वत्तीवाट आगालागी भएको हुन सक्ने आंशका प्रहरीले गरको छ ।” यसवारे थप अनसन्धान गरिने पनि उनले वताए ।

कमेन्ट गर्नुहोस्
Share: