विग आइकनको ग्राण्ड फिनालेमा चारै जना प्रतिस्पर्धी (तस्विर सहित)

Share:

रेम बिक पोखरा, १ फागुन । छैठौँ विग आइकनको उत्कृष्ट चारमा परेका चारैजना प्रतिस्पर्धीले फाईनल प्रवेश पाएका छन् । तीन जना प्रतिस्पर्धीले मात्रै ग्राण्ड फिनालेमा ‘ईन्ट्रि’ पाउने भनिएपनि निर्णायक मण्डलले चारै जना त्यसका लागि उपयुक्त भएको भन्दै यस्तो निर्णय लिएको हो ।

‘सबै प्रतिस्पर्धी एउटै लेभलका छन् । स्रोताहरुको मत अनुसार पनि उनीहरु सबै बराबर जस्तै छन् । त्यसैले निर्णायक मण्डलले यस्तो निर्णय गरेको हो ।’ निर्णायक मध्येका एक सुनील थापाले जानकारी भने–‘ग्राण्ड फिनालेका लागि यो पटक चारै जना प्रतिस्पर्धी भिड्नेछन् ।’अघिल्लो सँस्करणमा पनि निर्णायक मण्डलले चार जना प्रतिस्पर्धीलाई नै ग्राण्ड फिनाले प्रवेश गराएको थियो । विग आईकनको यो सँस्करणमा श्यामसुङ तामाङ, कर्ण दास, विवेक श्रेष्ठ, सुनील थापा र विनोद बाँनिया निर्णायकको रुपमा रहेका छन् ।

big icon (2)

अबका चरणमा ‘विग आइकन’ छनौट गर्ने सम्पूर्ण जिम्मा स्रोताको एसएमएस भोटिङमा निहित रहने एफएमले जनाएको छ । ग्राण्ड फिनाले प्रवेश पाउने चार जना फाईनलिस्टहरुमा साजन आले, अनु गुरुङ, सृष्टि गुरुङ र अम्बिका पुन रहेका छन् । ग्राण्ड फिनालेमा परेका उत्कृष्ट चार प्रतिस्पर्धी अनु गुरुङलाई भोट गर्न Big Space AG, अम्बिका पुनलाई भोट गर्न Big Space AP, साजन आलेलाई भोट गर्न Big Space SA र सृष्टि गुरुङलाई भोट गर्न Big Space SH टाईप गरि ४३२१ मा पठाउनुपर्ने एफएमले जनाएको छ ।

शनिबार फाईनलिस्ट छनौट राउण्डको अडिसनमा गजलकार शितल गिरी, गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाल, सिटि डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, पर्यटन उद्यमी गोविन्द पहारी लगाएतले प्रतिस्पर्धीलाई सफलताको शुभकामना दिएका थिए । साथै विग एफएमले छैठौँ सँस्करणसम्म आईपुग्दा संगीत क्षेत्रलाई धेरै योगदान दिएको भन्दै आयोजकको प्रशंसा गरेका थिए ।

big icon (4)

छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् । चार जना प्रतिस्पर्धी ग्राण्ड फिनालेमा भएकोले चौथो स्थानमा रहने प्रतिस्पर्धीलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिने एफएमले जनाएको छ ।

छैटौ संस्करणको बिग आइकनमा टाइटल स्पोन्सरको रुपमा सामसुङ मोबाइल, सबटाइटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्टस्, प्रोमोटेड बाई टाइटलमा द ब्रिटिस कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपल डाली मसाला, पोखरा सिने प्लेक्स र मिलिजुली डेकोरेशन रहेका छन् ।

big icon (3)

त्यस्तै सर्पोर्टेड बाई टाइटलमा एब्स्ट्रायाक्ट एजुकेशन नेटवर्क, पार्वड बाई टाइटलमा जिङ्ग अल्ट्रा प्रीमियम भोड्का, मिडिया पार्टनरमा एभिन्युज टेलिभिजन, कान्तिपुर साप्ताहिक, समाधान दैनिक, अन लाइन पार्टनरमा जक्शन डटकम, म्यागाजिन पार्टनरमा यस म्यागाजिन, आईटी पार्टनरमा कम्यूनिकेट मिडिया, होटल पार्टनरमा होटल बाराही, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट, बैंकिङ् पार्टनरमा गरिमा विकास बैक, एड्भरटाईजिङ पार्टनरमा परिचय एड्भरटाईजिङ र ट्राभल पार्टनरमा जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: