
काठमाडौ, २ फागुन-
मधेशी मोर्चा र प्रमुख दलहरुबीच आइतबार पनि छलफलको तयारी छ ।
प्रधानमन्त्रीको भारत भ्रमणअघि नै सीमांकनको विषयमा जारी विवाद समाधान गर्न भन्दै दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।
आज छलफलको तयारी भएपनि समय भने तोकिएको छैन । साँझसम्म कार्यदल तहमा छलफल गर्ने दलहरुको तयारी छ ।
पहिलो चरणमा कार्यदल तहमा र दोस्रो तहमा शीर्ष तहमा छलफल गर्ने तयारी भएको कार्यदलका सदस्य कांग्रेस नेता महेश आचार्यले जानकारी दिए । । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रमुख दलले बोलाए लगत्तै आफूहरु वार्तामा बस्न तयार रहेको बताए ।
कमेन्ट गर्नुहोस्
