माधब पनेरु पोखरा, जेष्ठ १६ / कास्कीको पोखरामा एसियामा नै पहिलो पटक धुम्रपान निषेधित क्षेत्र घोषणा गरिएको छ । पोखरा उपमहानगरपालिका वडा नं १३ लाई धुम्रपान र सुर्तिजन्य पदार्थ बिक्रीबितरण र सेवन गर्न रोक लगाईएको छ । स्थानिय मुस्कान क्लवको सक्रियतामा बिषेधित क्षेत्र घोषणा गरिएको हो ।
एक कार्यक्रमको आयोजना गरि त्यहाका बिभिन्न संघ सस्थाले प्रतिबद्धता समेत जनाएका छन । सरकारले सार्बजनिक स्थलमा धुम्रपान र मध्येपानका लागि रोक लगाएपनि धुम्रपान सेवनमा कमि आएको छैन । बिस्व धुम्रपान दिबस पारेर क्लबले उक्त घोषणा गरेको क्लबका अध्यक्ष जैनव खातुनले बताईन । यो अभियान चुनौतीपुर्ण छ , तर सफल हुनेमा बिस्वस्त रहेको उनले बताईन । हामि यो अभियानलाई सफल बनाउछौ र बिस्तारै पोखरालाई नै धुम्रपान निषेधित क्षेत्र बनाउने छौ – खातुनले भनिन ।
अनुगमनका लागि पाँच सदस्यिए कमिटी पनि बनाईएको छ । समाजसेवी राम ब. के.शी. को संयोजकत्व बनाईएको कमिटीले त्यहाँको अबस्थाको बारेमा अनुगमन गर्ने र बिक्रिबितरण र प्रयोग गरेको पाईएको कार्वाही समेत गर्ने के.शी ले बताए ।
सुर्ति र सुर्तिजन्य पदार्थका कारण आजभोली बिभिन्न खाले भयानक रोगहरु लाग्ने गरेका छन । मानिसहरु दिनप्रतिदिन रोग थुपारेर पनि निकोटिन युक्त सेवनहरु गरिरहेका छन । धुम्रपानका कारण नेपालमा प्रतिबर्ष १५ हजारको ज्यान जाने गरेको छ । क्यान्सर लगायतका भयानक रोगको सिकार हुने धुम्रपानको निषेध गर्नुको सट्टा राज्य कर बढाउन मात्र उद्धत भएको सरोकारवालाहरुले बताए ।
Photo: Nabin Sigdel
