गाउँको पर्यटन विकासमा नव गठित राईनस सेवा समिति जुट्दै

Share:

श्यामशीत्तल परियार÷लमजुङ, फागुन ९,
कला, भाषा, धर्म, संस्कृतिले भरिपुर्ण भएको जिल्लाको रुपमा चिनिन्छ, लमजुङ । लमजुङमा जलविद्युत, कृषि र पयर्टन विकासको उच्च सम्भावना रहेको सरोकारवालाहरुले वताउँदै आएका छन । तर विभिन्न कारणले गर्दा जिल्लाको पर्यटन विकास आशाति रुपमा हुन नसेकेको पनि उनीहरुको ठम्याई छ ।
त्यसैगरी, पुर्वी लमजुङको राईनस नगरपालिकाले पर्यटकीय विकासको दृष्टिले महत्वपुर्ण मानिन्छ । ‘‘यहाँ धार्मिक, ऐतिहासिक महत्वका थुप्रै सम्पदाहरु रहेका छन,” स्थानीय राजेन्द्र कडेँलले भने, ‘‘तर स्थानीय पर्यटन प्रवद्र्धनमा कसैको ध्यान जान सकेको छैन ।”
गाउँमा उलेख्य संख्यामा आन्तरिक तथा वाह्य पर्यटकहरु भित्र्याउनका लागि प्रचार प्रसार आवश्यक रहेको उनको भनाई थियो । साथै उनले पर्यटन विकासको लागि मनमा जोस जाँगर भएका शिक्षित युवा वर्गहरुले भुमिका खेल्नुपनमा जोड दिए ।
गाउँको पर्यटनको विकासको लागि समिति गठन
यसैवीच, गाउँमा उच्च सम्भावनाको रुपमा रहेको पर्यटन विकासको लागि भन्दै जन्मथलोवाट विभिन्न कारणले टाढा रहेकाहरुले एउटा साझा समिति ‘‘राईनस सेवा समिति” समेत गठन गरेका छन ।
‘‘विभिन्न कारणले गाउँवाट वाहिर स्थायी÷अस्थायी वसोवास गर्दै आएकाहरुको वीचमा राईनस सेवा समिति गठन गरियो,” नव गठित समितिका उपाध्यक्ष सुमन ढकालले हाम्रा लमजुङ सहकर्मी श्यामशीत्तलसंग कुरा गर्दै भने, ‘‘समितिले राईनस नगरपालिकाको सामाजिक, पर्यटन लगायतका अन्य पक्षको विकासमा काम गर्ने छ ।”
‘‘समिति छिट्टैे राईनसको प्राकृतिक, सांस्कृतिक, धार्मिक विशेषता समटिने गरी डकुमेन्ट्री निर्माण अभियानमा जुटेको छ” उनले सुनाए ।
होमस्टे संचालन र प्याराग्लाईडिङको विकास गर्न सके उलेख्य संख्यामा पर्यटक भित्र्याई गाउँको आर्थिक विकास गर्न सकिने पनि उनको भनाई थियो ।
समितिको अध्यक्षमा रविन्द्र पन्त चुनिनुभएको छ । उपाध्यक्षमा सुमन ढकाल, समुद्र घिमिरे, दिल तामाङ, सरेन्द्र श्रेष्ठ, महासचिवमा पद्मराज पन्थी, सचिवमा शम्शेर पराजुली, कोषाध्यक्षमा स्वस्तिका चिलवाल सहकोषाध्यक्षमा रामचन्द्र मरहट्ठा र अन्य सदस्यमा चयन भएका छन ।
समिति गठन भएपछि, समितिले गाउँको शैक्षिक, आर्थिक विकासमा काम गर्नेमा स्थानीहरु आशावादी वनेका छन ।

कमेन्ट गर्नुहोस्
Share: