
पोखरा, १४ फागुन-
शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघको केन्द्रिय कार्यसमितिको लागि शनिबार निर्वाचन हुँदैछ । शनिबार हुने निर्वाचनको माहौल शैक्षिक परामर्श व्यवसायीहरुमाझ निकै गरमागरम छ ।
खासगरि दुईवटा छुट्टाछुट्टै समुह बनेर निर्वाचनमा होमिएपछि यो पटकको निर्वाचन व्यवसायीहरुमाझ बढि चासोको विषय बनेको छ । सरोज बस्नेतको समुह र प्रकाश पाण्डेको समुहले छुट्टाछुट्टै रुपमा उम्मेदवारी दिएपछि ईक्यान केन्द्रीय निर्वाचन सबैको लागि रोचक बनेको छ ।
दुईवटा छुट्टाछुट्टै समुहमध्ये पनि सराजे बस्नेत समुह व्यवसायीहरुबीच लोकप्रियताको हिसाबले अगाडि देखिएको छ । यो समुहले खासगरि मोफसलका व्यवसायीलाई पनि ‘भाईटल पोस्ट’मा स्पेस दिएर व्यवसायीहरुलाई आफुतर्फ आकर्षित गरेको छ । ऐतिहासिक रुपमै पहिलोपटक काठमाण्डौबाहिरबाट ईक्यानको भाईटल पोस्टमध्ये एक महासचिवमा कास्कीका महेश भण्डारीले उम्मेवदारी दिएका छन् ।
मोफसलका व्यवसायी पनि केन्द्रसम्म पहुँच राख्नुपर्ने धारणा राख्दै आएका काठमाण्डौ बाहिरका शैक्षिक परामर्श व्यवसायीहरुले यो कुरालाई खुलेरै साथ दिएका छन् । कास्की, चितवन र ललितपुर ईक्यानले बस्नेत समुहलाई पुर्ण रुपमा साथ दिने वचन दिईसकेको छ । यसरी हेर्दा निर्वाचनको क्रममा बस्नेत समुह पाण्डे समुहभन्दा बलियो देखिएको छ ।
‘मोफसलका शहरहरुले पनि शैक्षिक परामर्श व्यवसायको एउटा ठुलो भुमिका खेल्छन् । जुन कुरा सरोज बस्नेत समुहले बुझेको छ ।’ ईक्यान कास्कीका उपाध्यक्ष मिलन तिवारीले भने–‘त्यसैले हामीले बस्नेत समुहलाई सपोर्ट गर्ने भएका हौँ ।’ बस्नेत समुहमा निकै व्यवसायिक र उर्जाशिल भएकोले पनि हामीले त्यहि समुहमा कास्कीबाट महासचिवका लागि महेश भण्डारीलाई पठाएका हौँ । कास्कीबाटै सोहि समुहमा केन्द्रीय सदस्यका लागि रमेशकुमार थापाले पनि उम्मेदवारी दिएका छन् ।
त्यस्तै ईक्यान कास्कीकै सचिव सन्दीप अर्यालले कास्कीसँगै चितवन, ललितपुर ईक्यान र काठमाण्डौकै व्यवसायीहरुले पनि बस्नेत समुहलाई सपोर्ट गरेको दाबी गरे ।
ईक्यान अन्तरगत निर्वाचनमा मताधिकार राख्ने सदस्यहरु देशभरबाट २ सय ७९ जना छन् । काठमाण्डौ बाहिरका सम्पूर्ण ईक्यानले सँस्थागत रुपमै र काठमाण्डौका अधिकांश व्यसायीहरु पनि बस्नेत समुहकै पक्षमा रहेकोले पाण्डे समुहलाई निर्वाचनमा निकै गाह«ो हुने देखिन्छ ।
