५ वर्षमा नेपालमा २० लाख पर्यटक भित्र्याउने योजनामा सरकार

256
0
Share:

श्यामशीत्तल
लमजुङ, फागुन १६-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखे्रलले अवको ५ वर्षमा नेपालमा २० लाख पर्यटक भित्र्याउने कार्य योजनाका साथ सरकार अघि वढेको दावी गर्नुभएको छ ।
‘‘म जिल्ला विकास समिति, नगरपालिकालाई आग्रह गर्दछु होमस्टे पवद्र्धनका लागि अत्तिरित्त दुई कोठा हुने गरी अव जनताको घर वनाउनहोस” मन्त्री पोख्रेलले थप्नुयभो, ‘‘जहाँ पर्यटकहरुलाई स्वागत गर्न सकियोस ।”
अवको ७ दिनपछि सहसहसचिवको नेतृत्वमा १४ जिल्लाको प्रत्येक ठाउँमा एकिकृत भुकम्प पुन निर्माणको काम हुने विश्वास समेत उहाँले दिलाउनुभयो ।
‘‘देशमा हवाई दुर्घटना वढेको छ । अव विज्ञानले दिएको आविष्कारलाई नेपालमा प्रयोग एक कदम पनि पछि हट्ने छैन,” लमजुङ जिल्लाको २४ औँ जिल्ला परिषदको उद्घाटन गर्दै मन्त्री पोख्रेलले भन्नुभयोे, ‘‘म यो मन्त्रालयमा हेर्न र फेर्नको लागि आएको हुँ ।”
मन्त्री पोख्रेलले जिल्लाको आर्थिक वर्ष २०७३/७४ को वार्षिक वजेट, नीति कार्यक्रम तथा वजेटको सफल कार्यान्वयनको कामना समेत गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
Share: