
श्यामशीत्तल
लमजुङ, २० फागुन-
पुर्वी लमजुङको भार्ते गाविस २ एक्ले खेतका गोविन्द नेपाली परिवारको सुखद भविष्यको कल्पना गर्दै ३ वर्ष अगाडि कतार पुगे । उनले कतारको चर्को घाममा रगत पसिना वगाए, तर उनको दुःख पखालिएन । विदेशमा गर्ने श्रम पसिना आफ्नै मुलुकमा पोख्छु भनी उनी नेपाल फर्किए । र आफ्नै गाउँठाउँमा व्यवसायिक तरकारी खेती शुरु गरे । व्यवसायिक तरकारी खेतीवाट उनले अहिले राम्रो आम्दानी गरेका छन ।
भावुक वन्दै उनले विदेशमा दुःख गर्दाको क्षण सम्झिए
४० वर्षिय कृषक गोविन्द नेपालीले घरभन्दा अलि परको ५ रोपनी जग्गामा तरकारी खेती गरेका छन । उनले वुदुने खेतमा वन्दा, गाँजर, धनियाँ र मुला लगाएका छन । काउली विक्रीवाट १५ हजार कमाई सकेको उनले वताए । उनले तरकारीमा कुनै विषादीको प्रयोग गर्दैनन । वन्दा विक्रीका लागि तयार रहेको पनि कृषक नेपालीले सुनाए । साथै उनले घरमै दुई वटा टनेल निर्माण गरी गोलभेडा लगाएका छन । तरकारी खेतीवाट वार्षिक १ लाख ५० हजार आम्दानी हुने उनले सुनाए ।
‘‘पहिले घर व्यवहार चलाउन निकै असजिलो हुन्थ्यो, छोराछोरी पढाउनै पर्यो,” उनले भने, ‘‘एक्लो पाखुराले ज्याला मजदुरी गरी कमाएकोले पुगेन । अहिले जहान परिवार मिली तरकारी खेती गर्नाले छोरा छोरी पढाउन सजिलो छ र घर व्यवहार पनि चलेकै छ ।”
कृषक नोपलीलाई खेतवारीको काममा उनकी श्रीमति वालकुमारी नोपली र छोरा विकास नोपली र छोरी अप्सरा नोपलीले पनि सघाउँछन । विकास नेपाली भोटेओडारको भक्ति नुमना उमाविको कक्षा ११ मा शिक्षा विज्ञान पढ्दै छन भने अप्सरा कक्षा ९ मा पढ्छिन ।
उनले उत्पादन गरेको तरकारी वजारमा एकै छिनमा छोप हुने वताए । उत्पादित तरकारी उनी नजिकैको वेलघारी र भोटेओडार वजारमा ल्याई विक्री गर्छन ।
‘‘वजार नपाएर उत्पादित तरकाी खेर गएको छैन,” उनले भने, ‘‘आफुले भनेकै मुल्यमा तरकाी वजारमा कट्छ ।” तरकारीका विरुवा पनि आफ्नै वारीमा उत्पादन गर्छन र विक्री गर्छन ।

कम समय, थोरै श्रम र लगानीमै तरकारी खेती गर्न सकिने र राम्रो आम्दानी हुने भएकाले भावी दिनहरुमा यसलाई निरन्तरता दिने उनले सुनाए ।
तरकारी खेतीका अलवा उनले घरमा एउटा दुहुनो भैंसी, वाख्रा र गोरु पालेका छन । भैंसीको दुध विक्रीवाट पनि उनले आम्दानी गर्छन ।
‘‘विदेशमा पैशा फल्ने हैन रैछ, साह्रौ दुःख हुने आफैँले देखियो भोगियो,” उनले भने, ‘‘विदेशमा गर्ने दुःख घर गाउँकै माटोममा गर्न सके राम्रो आम्दानी गर्न सकिन्छ । वास त्यसका लागि जोस र जाँगर चाहिन्छ ।”
व्यवसायिक काम गर्नका लागि अरुको मात्र भर पर्न नहुने उनको भनाई छ । तरकारी खेतीका लागि उनले जिल्ला कृषि विकास कार्यालयवाट ६० हजार रुपैयाँ समेत पाएका छन । उनले प्राप्त रकम टनले निर्माणमा खर्च गरेको वताए । तरकारी खेतीका लागि आफुलाई सिँचाईको समस्या पर्ने गरेको उनले वताए ।
उनीजस्तै पछिल्लो समय लमजुङमा अहिले व्यवसायिक रुपमा कृषि कर्ममा जुट्नेहरु प्रशस्तै देख्न सकिन्छ । जिल्लामा कोही व्यवसायिक तरकारी खेती, फलफुल खेतीमा लागि परेका छन त कोही वंगरपालन, गाईपालन, कुखुरापालन र व्यसायिक वाख्रापालनमा । कृषि कर्ममा युवाहरुको जमात लागिपरेको देख्न सकिन्छ । नयाँ, जोस र जाँगर भएका युवाहरु कृषि व्यवसायमा प्रवेश गर्नु राम्रोे रहेको विज्ञहरु वताउँछन । लमजुङका विभिन्न ठाउँमा रहेका कृषकहरु अहिले सानो देखि ठुलो लगानी गरी ‘‘कृषि पेशामा रम्दै, पैशा कमाउँदै” गरेका छन ।
