स्कुल वसको ठक्करवाट तनहुँको रुपाकोटमा तीन बर्षीय बालकको मृत्यु

261
0
Share:

श्यामशीत्तल परियार
लमजुङ, ३० फागुन-
तनहुँको रुपाकोट गाविस ४ फेदिँचौरमा स्कुल वसको ठक्करवाट एक वालकको घटनास्थलै ज्यान गएको छ । प्रहरीका अनुसार विहान साँढे ८ वजेतिर सुन्दरवजारमा रहेको सयपत्री वोर्डिङको ध १ ख २४६ नंम्वर प्लटेको वसले ठक्कर दिँदा फेदिचौरकै ३ वर्षिय वालक आयुष गौलीको ज्यान गएको हो ।
‘‘विहान साँढे ८ वजेतिर विद्यार्थी लिनको लागि सयपत्रीको वस फेदिचौर आएको रहेछ,” रुपाकोट प्रहरी चौकीका असई सूर्य वहादुर दुराले भने, ‘‘मृतक गौलीको दिदी पनि सयपत्रीमै पढ्दी रैछिन । छोरीलाई वस चढाउनको लागि आयुषलाई लिएर उनकी आमा आएकी रैछिन । तर वस अगाडि वढ्ने क्रममा वालकलाई ठक्कर दिएछ । तत्पश्चात घटनास्थलमै आयुषको ज्यान गएको पाईएको छ ।”
‘‘यसवारे थप अनुसन्धान भैरहेको छ । वस र वस चालक सुनिल पौडेललाई प्रहरी नियन्त्रणमा लिईएको छ,” असई दुराले भने ।

कमेन्ट गर्नुहोस्
Share: