धादिङमा ४.८ रेक्टरको भूकम्प

247
0
Share:

काठमाडौं, ३० फागुन-
धादिङ केन्द्रबिन्दु भएर पराकम्प गएको छ । आइतबार बिहान ११ बजे धादिङ केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पराकम्पको धक्का धादिङसहित काठमाडौं उपत्यकामा पनि महसुस भएको थियो । पराकम्पको केन्द्रविन्दु धादिङका बासिन्दा घरबाट बाहिर निस्किएका थिए ।
वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म चार रेक्टर स्केल भन्दामाथिका चार सय ४० वटा पराकम्प गएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: