हिंसा वा सुत्केरी समस्यामा परेका महिला लाई तत्काल उद्धार गरीने

Share:

पोखरा, चैत्र १, माधब पनेरु
कास्की जिल्ला भित्र रहेका महिलाहरुलाई कुनैपनि समस्या परेका तत्काल उद्धार गरीने भएको छ ।
महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय अन्र्तगत महिला बिकास कार्यालय कास्की र श्री एन्जल्स नेपालले कास्की जिल्ला भित्रका जुनसुकै ठाऊमा रहेका महिलाहरु बिरामी अर्थात मानसीक हिंसामा परेको खबर पाउना साथ उद्धार गरीने ब्यबस्था मिलाईएको महिला बिकास अधिकृत लक्ष्मी जि.सीले जानकारी दिईन ।
कास्की जिल्ला भित्र रहेका महिलाहरु सवारी साधनको अभावका कारण सुत्केरी बेथा लागेको बेलामा पनि अस्पताल जान नकसेका घटनाहरु पनि आएका कारण अब कार्यालयले ब्यबस्था गरेको नम्वरमा सम्पर्क गरे जुनसुकै अबस्थामा पनि गाडी उपलब्ध गराउने उनले बताईन ।
समस्यामा परेका महिलाहरुले जुनसुकै समयमा पनि कास्कीको लोकल नम्वर ०६१ ४६४५०९ र ४६४५१० मा सम्पर्क गरेर उक्त सुबिधा लिन सकीनेछ । आर्थिक अबस्था कमजोर भएका सुत्करी महिाला , हिंसा पिडित मानव बेचबिखनमा परेका वा शंका लागेका , अर्थात अन्य अप्ठेरो अबस्थामा परेका महिलाहरुले फोन गर्न सक्ने कार्यालयले जनाएको छ ।
अहिले श्रीएन्जल्स नेपालले बेचबिखनमा परेका महिलाहरु लाई जुनसुकै स्थानबाट पनि उद्धार गरीरहेको छ । आगामी दिनमा अन्य नम्वरहरुमा पनि सम्पर्क गर्न सक्ने ब्यबस्था मिलाईने महिला बिकास अधिकृत जि.शी ले जानकारी दिईन ।

कमेन्ट गर्नुहोस्
Share: