
सामसङ ग्यालेक्सी ग्राण्ड निओ बिग आइकन २०१४ को को–स्पोन्सरको रुपमा युरो एशिया इडुकेसन कन्सल्टेन्सी प्रा. लि. आबद्ध भएको छ । काठमाडौँस्थित पुतलीसडकमा प्रधान कार्यालय रहेको सो कन्सल्टेन्सीको शाखा पोखरास्थित सिद्धार्थ चोकमा रहेको छ ।
जापानमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई बिगत ८ वर्षदेखि परामर्श र सेवा दिँदै आइरहेको सो कन्सल्टेन्सीले यही वर्षबाट पोखरामा आफ्नो सेवा सुरु गरेको हो । युरो एशिया कन्सल्टेन्सी प्रा. लि. का निर्देशक सूर्यबहादुर डाँगी र बिग एफ एम १०१.२ मेगाहर्जका अध्यक्ष महेश भण्डारीबीच काठमाडौँस्थित सो कन्सल्टेन्सीको प्रधान कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर गरी सहमती भयो ।
कमेन्ट गर्नुहोस्
