अकला त्रिवेणी धाम परिसरको जग्गा निजीकरण हुँदै गएकोमा सरोकारवालाद्धारा चिन्ता

Share:

श्यामशीत्तल
लमजुङ, ४ चैत्र-
पुर्वी लमजुङको अर्चलवोट, चिती, श्रीमन्ज्याङ र नाथैर गाविसका साथै उदिपुर, भोटेओडारको संगम स्थल मानिन्छ ः अकला त्रिवेणाी धाम । दोर्दी र मस्र्याङदीको काखमै रहेको अकला त्रिवेणीधामको छुट्टै ऐतिहासिक एवम धामिर्क महत्व रहेको सरोकारवालाहरु वताउँछन ।
ऐतिहासिक एवम धार्मिक महत्व वोकेपनि त्रिवेणी धामको आशातित संरक्षण, संवद्र्धन र प्रचार प्रसार हुन नसकेको स्थानीय वयोवृद्धहरु वताउँछन ।
त्रिवेणी धाममा रहेको सार्वजनिक जग्गाहरु पनि दिन प्रतिदिन निजीकरण हुँदै गएकाले निकट भविष्यमा नै अकला त्रिवेणी धाम नै सउंकटमा पर्न सक्ने चिती ७ का अर्जुन सेढाईँ वताउछन ।
‘‘मन्दिर परिसर रहेको धेरै जग्गा निजीकरण हुँदै गएको छ,” उनले भने, ‘‘यसलाई रोक्नु जरुरी छ र यसको संरक्षण संवद्र्धनका लागि स्थानीय नै जुट्नु आवश्यक छ ।”
त्रिवेणीधाममा शिवालय मन्दिर पनि रहेको छ । जहाँ शिवरात्री, वाला चर्तुदशी र फागु पुर्णिमाको दिन सयौँ भक्तजनहरु आउने गर्दछन । पछिल्लो समय मन्दिरको संरक्षण संवद्र्धनका साथै प्रचारप्रसार गर्नका लागि महतवपुर्ण भुमिका खेलेको छ, अकला त्रिवेणी धाम संरक्षण एवम विकास समितिले ।
रामप्रसाद पौडेलको अध्यक्षतामा गठित सो समितिले मन्दिरको संरक्षणका साथै प्रचार प्रसारमा जुटेपछि पछिल्ला समय विशेष पर्वहरुमा त्रिवेणीधाममा दर्शानार्थीहरुको घुईचो लाग्ने गर्दछ ।
समितिका अध्यक्ष रामप्रसाद पौडेलले पनि मन्दिर परिसरको जग्गा निजीकरण हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै यस समस्या समाधानका लागि सम्वन्धित सवै पक्ष एक हुनुपर्ने वताए ।

कमेन्ट गर्नुहोस्
Share: