अन्धाधुन्दा प्रहारवाट वुवासहित दुई जनाको मृत्यु÷ घटनामा संलग्न तीर्थवहादुर प्रहरी हिरासतमा

Share:

चैत्र ६ , श्याम शितल ,
लमजुङको बाँझाखेत गाउँ विकास समिति वडा नम्बर १, खासुरमा छोराले आफ्नो बुवा र माइलो बुवाको हत्या गरेका छन् । आमा र माइली आमा घाइते भएका छन् । स्थानीय ३६ बर्षीय तीर्थबहादुर घलेले ढोकाको गजबार, चिर्पट तथा दाउराले हान्दा आफ्नै बुवा ७६ बर्षीय मीनबहादुर घले र माइलोबुवा ८४ बर्षीय धनबहादुर घलेको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शम्भूप्रसाद ढकालले बताउनुभयो । मीनबहादुरका श्रीमती ६६ बर्षीया प्रीतिकाशी घले र धनबहादुरका श्रीमती बर्दीमाया घले घाइते रहेको प्रहरीले जनाएको छ । घटना शुक्रबार राती ८ बजेतिर घटेको प्रहरीले जनाएको छ । अन्दाधुन्दा प्रहारबाट गम्भीर घाइते मीनबहादुर र धनबहादुरलाई राती नै चिनवन मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचार सम्भव नभएको भनी फिर्ता पठाएको र ल्याउने क्रममा विहान ९÷१० बजेतिर मीनबहादुर र त्यसपछि धनबहादुरको बाटोमै निधन भएको प्रहरीले जनाएको छ । शवको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टम गरिएको छ । उपचारका लागि चितवन लगिएका तीर्थबहादुरकी आमा प्रीतिकाशी घलेलाई फिर्ता ल्याइएको छ । उहा“को लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । यस्तै, बर्दीमाया पनि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । आफ्नै श्रीमतीको निधन भएपछि उनीहरुलाई स्टेचरमा राखेर लगिएको स्थानीयले बताएका छन् । घटनामा संलग्न तीर्थबहादुरलाई शनिबार बिहानीपख साँढे १ बजे पक्राउ गरि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी नायब उपरीक्षक ढकालले बताउनुभयो । प्रहरीका अनुसार उनको मानसिक सन्तुलन ठिक छैन ।

कमेन्ट गर्नुहोस्
Share: