फागु पुर्णिमाको अबसरमा प्युरिदोभानमा मेला लाग्ने

Share:

चैत्र ७, माधब पनेरु ,
फागु पुर्णिमाको अबसर पारेर स्याङजा जिल्लाको प्युरी दोभानमा मेला लाग्ने भएको छ ।
स्थानिय ब्राईट फ्युचर युवा क्लवको आयोेजनामा फागु पुर्णिमाको दिन चैत्र ९ गते देखि ११ गते सम्म मेलाको आयोजना गरिएको पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईयो । मेलाको अबसरमा स्व धर्म बहादुर स्मृति खुल्ला भलिवल , स्व नर बहादुर बोहरा स्मृति छोटा दुरी महिला तथा पुरुष दौड, स्व रत्न बहादुर कार्की स्मृति छेलो हान्ने प्रतियोगिताको आयोजना गरिएको छ ।
मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले बताएको छ । बिषेश गरि स्थानिय उत्पादन तथा कृर्षि औजार खरिदका लागि मेलाको महत्व रहेको बताइएको छ । परम्परागत रुपमा चल्दै आएको उक्त मेलालाई स्थानिय युवाहरुले ब्यबस्थित बनाएको क्लवका अध्यक्ष बिनोद गुरुङले बताए । मेलामा स्थानिय सास्कृतिक घाँटु, सोरडाी भजन,लाखे नाच पनि प्रस्तुत गरिने गुरुङले जानकारी दिए ।
पोखराबाट १८ किलोमिटर दुरीमा रहेको उक्त स्थान तिन जिल्लाको संगम स्थल हो । पर्यटकिय द्रृष्टीले रमणिय देखिने प्युरीदोभानमा होम स्टे पनि रहेको छ । तिन जिल्लाको संगम तथा ब्यापारीक केन्द्रको रुपमा पनि प्युरिदोभान लाई लिईने गरिन्छ । उक्त स्थानमा पोखरा, स्याङ

कमेन्ट गर्नुहोस्
Share: