उत्तर कोरियाद्धारा फेरि क्षेप्यास्त्र परीक्षणको तयारी

Share:

सोल, ८ चैत-

गएको केही समययता आणविक परीक्षणका कारण विवादमा पर्दै आएको उत्तर कोरियाले फेरिपनि अर्काे परीक्षण गर्न लागेको दक्षिण कोरियाले जनाएको छ ।

दक्षिण कोरियाले सोमबार सो जानकारी दिएको बताइएको छ । बताइएअनुसार उत्तर कोरियाले पछिल्लो समयमा उसका विरुद्धमा अमेरिका तथा संयुक्त राष्ट्रसंघले नै लगाएको नाकाबन्दीका विरुद्धमा फेरि अर्काे परीक्षणको तयारी गरिरहेको छ ।

यसका साथै यस्तो कुनैपनि परीक्षणका विरुद्धमा आफूहरु तयारी अवस्थामा रहेको पनि दक्षिण कोरियाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: