
रञ्जन अधिकारी, पोखरा २२ जेठ । विहिबार ५ जुन अर्थात ४१ औं विश्व वातावरण दिवस, नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । सन् १९७३ देखि हरेक वर्ष जुन ५ तारिखका दिन मनाउन सुरु गरिएको यो दिवसको यस वर्षको नारा ‘हिमाल बचाऔं, वातावरण जोगाऔं ।’ रहेको छ । दिवसका अवसरमा पोखरामा पनि वातावरण संरक्षण सम्बन्धी चेतना फैलाउने विभिन्न कार्यक्रम आयोजना गरिए ।
‘बुद्धचोक, रामबजार क्षेत्रलाई प्लाष्टिक झोला मुक्त बनाऔं ।’ नाराका साथ पोखरा बुद्धचोक स्थित सोसल पब्लिक स्कूल स्टुडेण्ट काउन्सिलको अगुवाई तथा पोखरा १० र १५ का आमा तथा महिला समूह, टोल स्थित संस्थाहरुको सहभागितामा विहिबार बिहान जनचेतनामूलक ¥याली निकालिएको थियो । विद्यालय परिसरबाट सुरु भएको ¥याली बुद्धचोक, इन्द्रचोक, घलेचोक, रामबजार, कालिकाचोक हुँदै पुन विद्यालयमा पुगी समापन भएको थियो ।
¥यालीमा विद्यार्थीहरुले ‘प्लाष्टिक झोलाको प्रयोग सधैंका लागि बन्द गरौं ।’, ‘बन्द गरौं, प्लाष्टिकका झोला, स्वच्छ हुन्छ हावा कञ्चन हुन्छ खोला’, ‘प्लाष्टिककै कारण प्रतिवर्ष १ लाख जलचरको ज्यान जान्छ ।’ ‘प्लाष्टिकले वातावरणमा नकरात्मक असर पु¥याउँदछ ।’ नारा लेखिएका प्लेकार्ड बोकेका थिए । ¥यालीमा रामबजार टोल सुधार समिति, बुद्धचोक आमा समूह, माछापुच्छ«े महिला समूह, डुचीटोल आमा समूह, श्रीकृष्ण मन्दिर आमा समूह, ज्ञानज्योति पुस्तकालय, घरदैलो बचत तथा ऋण सहकारी संस्था लि. को सहभागिता थियो ।
सोसल पब्लिक स्कूल स्टुडेण्ट फोरमले ब्रिटिश काउन्सिल र पोखरा उपमहानगरपालिका वातावरण शाखाको सहयोग तथा टोल स्थित आमा÷महिला समूह, टोल समितिको सहकार्यमा बुद्धचोक, रामबजार क्षेत्रलाई प्लाष्टिक झोला मुक्त बनाउन समुदायमा आधारित परियोजना संचालन गरेको हो । अभियानको पहिलो चरणमा जनचेतनामूलक ¥याली आयोजना गरिएको हो भने दोस्रो चरणमा सरोकारवाला पक्षबीच वृहत छलफल र तेस्रो चरणमा प्लाष्टिक झोलाको विकल्पमा कागज तथा जुटका झोला वितरण गरी प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखिएको स्कूलका सहप्राचार्य खिम गुरुङले जानकारी दिए ।
¥यालीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वातावरणविद् प्रा.डा. कृष्ण केसीले विद्यालय तहबाटै यसरी वातावरणका क्षेत्रमा क्रियाशील रही रचनात्मक कार्यमा लागिपर्नु निकै सराहनीय विषय भएको बताए । ‘यस्ता चेतनामूलक कार्यक्रमहरु दिवसमा मात्रै सीमित हुनुहुँदैन । व्यवहारमै लागू गर्नुपर्छ ।’ केसीले भने ‘पोखरालाई कालो प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएकोमा अब प्लाष्टिकमुक्त बनाउने अभियानमा पनि सबैले सघाउनु आवश्यक छ ।
पोउमनपा कार्यालयका सामाजिक शाखा अधिकृत ओमराज पौडेलले यो अभियान चुनौतिपूर्ण रहेकाले सबैको साथसहयोगको अपेक्षा गरे । कार्यक्रममा स्कूलका सहप्राचार्य खिम गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्रका पर्यटन अधिकृत नरेन्द्र लामा, ज्ञानज्योति पुस्तकालयका अध्यक्ष निरज थापा, बुद्धचोक महिला समूहकी अध्यक्ष सीता बानियाँ लगायतले रामबजार बुद्धचोक क्षेत्रलाई प्लाष्टिक मुक्त बनाउन आफ्नो ठाउँबाट लागिपर्ने बताए ।
स्टुडेण्ट काउन्सिलका अध्यक्ष सौगात परियारको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक रेशमलाल अधिकारीले गरेका थिए ।
यस्तै, विश्व वातावरण दिवसकै अवसरमा शान्ति बनबाटिका टोल विकास संस्था र शान्तिघाट आमा समूहले संयुक्त रुपमा पोखरा ९ स्थित शान्तिबनबाटिकामा रहेको शान्ति दर्शन पार्कमा सरसफाई तथा वृक्षारोपण गरेको समूहकी अध्यक्ष दुर्गा पहारीले जानकारी दिईन् ।
रामघाट स्थित टप्स उच्च माविले पनि वातावरण दिवसको अवसरमा विद्यालय परिसर वरपरका क्षेत्रमा सरसफाई गरेको छ । विद्यालयमा गठित सदनहरुको टोली टोली परिचालन गरेर बुद्धचोक, अमरसिंहचोक लगायतका क्षेत्रमा सरसफाई गरिएको शिक्षक जीतबहादुर खनालले जानकारी दिए ।
यसैगरी, रानीपौवा स्थित वेष्ट प्वाईण्ट सेकेण्डरी बोर्डिङ स्कूल, जुनियर रेडक्रस सर्कल तथा अतिरिक्त क्रियाकलाप सञ्चालन समितिको आयोजनामा विद्यालय हाताभित्र सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरिएको छ । अतिरिक्त क्रियाकलाप प्रमुख पोष्टराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक गणेशकुमार कुँवर, डमबहादर गुरुङ लगायतले बोलेका थिए ।
यस्तै, पोखरा १७ महतगौंडा स्थित जानकी निम्न माविले विद्यालयमा सरसफाई गरेको छ । प्रधानाध्यापक श्यामप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सहप्रधानाध्यापक रघुनाथ शर्मा, शिक्षकहरु तुलसी गिरी, सुन्दरी देवी गिरी, विद्यार्थीहरु सञ्जीव पौडेल, भोल ागिरी, सुरज गौतम लगायतले वातावरण संरक्षणका बारेमा बोलेका थिए ।
