
पोखरा १० चैत्र ।
रङहरुको पर्व फागु अर्थात् होली सद्भाव र आत्मीयता साटासाट गदै आज बुधबार तराईका विभिन्न जिल्लामा धुमधामका साथ मनाईंदै छ ।
वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकापसमा मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ । मंलबार पोखरा लगाएतका पहाडी जिल्लामा हर्षोल्लासका साथ यो पर्व मनाइएको थियो ।
सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्य कश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएको प्रसंग होली पर्वसँग प्रमुख रुपमा जोडिएको छ ।
असत्य माथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । पहाडी क्षेत्रमा मंगलबार मनाइएको होली तराईमा भने बुधबार मनाइंदै छ ।
