
पोखरा , चैत्र १०, माधब पनेरु ,
बिप्लव नेतृत्वको नेकपा माओबादीले सरकारी सम्पतीको दुरुपयोग हुने गरे पोखरा सभागृह लाई निजिकरण गरेको भन्दै तत्काल रोक्न चेतावनी दिएको छ ।
पोखरा उपमहानगरपालिका कार्यालय अगाडी कोणसभाको आयोजना गरि माओबादीले पोखरा सभागृह लगायत पोखरामा भएका सार्बजनिक सम्पतीको रक्षा गर्ने र त्यसका लागि आफुहरुले जुनसुकै मूल्य चुकाउन तयार रहेको सार्बजनिक अपिल गरेको छ ।
सभागृहको स्तरउन्नती गरेर सुबिधासम्पन्न बनाउनुको साटो नगरपालिकाले कमिसनको चक्करमा परेर निजि कम्पनीलाई २५ बर्षको लागि भाँडामा दिएर पोखरेलीको छातीमा लात हानेको माओबादी कास्कीका सक्रेटरी पुणजित पुनले आरोप लगाए । ललिपप देखाएर निजिकरण गर्ने अनि सुबिधासम्पन्न बनाउने कुराको हल्ला गरेर जनता झुकयाउने काम भएको उनको भनाई थियो । सुबिधासम्पन्न बनाउने कुरा कुनै ब्यापारीको लागि ठुलो कुरा होईन , बिकास हुन्छ भनेर नेपालनै भाँडामा दिन सकिन्छर ? उनले प्रश्न गरे । सार्बजनिक सम्पतीलाई कौडीको मुल्यमा ब्याक्तिलाई दिएर रकम कुम्ल्याउने काम गरिएकोमा माओबादीले बिरोध गरेको उनको भनाई थियो ।
बिप्लव माओबादीको भातृ संगठन युवाजनस्वयंसेवकको केन्दीय अभियान टिम पनि पोखरा आइपुगेको छ । पश्चिमको बैतडी हुदै देश दौडाहामा हिडेको टोली पोखरा आईपुगेको छ । अभियान टिमले कास्कीको धम्पुष, हेम्जा, हरिचोक , सभागृहचोक, हल्लनचोकमा कोणसभा गरेको थियो । देशमा भैरहेको कालोबजारी, भष्टाचार तथा जनता भुकम्पले आहात भएको अबस्था धरदैलो गरेर देशभरीको जनताको अबस्था बुझन देश दौडाहामा हिडिएको युवा जनस्वयंसेवकको केन्द्रीय कोषाध्यक्ष तथा अभियानको कमाण्डर मिना चलाउनेले बताईन । टोली कास्की पछि तनहँु , गोरखा, लमजुङ, गोरखा हुदै काठमान्डौ पुग्ने चलाउनेले जानकारी दिईन ।
