पोखरा जेसीजको सार्वजनिक भाषणकला तालिम

Share:

रञ्जन अधिकारी पोखरा, २३ जेठ  / युवाहरुलाई संगठित गर्दै नेतृत्व तथा व्यक्तित्व विकासका लागि क्रियाशील अग्रणी संस्था पोखरा जेसीजले सदस्यहरुलाई प्रभावकारी सार्वजनिक भाषणकला तालिम दिएको छ । तालिममा नेपाल जेसीज वर्ष २०११ का अध्यक्ष महेश दाहालले प्रशिक्षण दिएका थिए ।

दाहालले सार्वजनिक स्थानमा बोल्ने क्रममा सबैलाई डर, संकोच, लज्जाभाव हुने भएपनि आत्मविश्वासका साथ प्रस्तुत भए डर स्वतः भाग्ने बताए । श्रव्यदृश्य सामाग्रीका साथ उनले विश्वका चर्चित नेताहरुको भाषण, नेपालका नेताहरुले गर्ने भाषण प्रस्तुत गर्दै कसरी बोल्ने, भाषा तथा विषयबस्तु छनौटबारे जानकारी समेत दिए ।

सहभागीहरुले तीन घण्टकाको तालिम पर्याप्त नभएपनि तालिमबाट आत्मविश्वास वृद्धि भएको बताए । पोखरा जेसीले शुक्रबासरीय कार्यक्रम अन्तर्गत वाक्कला, नेतृत्व तथा व्यक्तित्व विकास सम्बन्धी विभिन्न तालिम आयोजना गर्दै आएको छ । निकट भविष्यमै मिस पोखरा आयोजना गर्ने समेत भएको छ ।

पोखरा जेसीजका अध्यष तिलकराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक शिवप्रसाद सापकोटा, महासचिव धर्मराज अर्याल लगायतले बोलेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: