पोखरामा प्रधान कार्यालय भएका सिटी डेभलपमेन्ट बैंक र ओम फाईनान्स आजदेखि मर्ज

Share:

पोखरा, २२ चैत-
पोखरामा रहेका सिटी डेभलपमेन्ट बैंक लिमिटेड र ओम फाइनान्स लिमिटेड एकआपसमा गाभिई ओम डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट आजदेखि कारोबार सुरु गरेका छन् ।

विसं २०५७ मा स्थापना भएको सिटी डेभलपमेन्ट बैंक लिमिटेड र विसं २०६४ मा स्थापना भएको ओम फाइनान्स लिमिटेड गाभिएसँगै बैंकको चुक्ता पुँजी रु एक अर्ब पाँच करोड र निक्षेप रु १० अर्ब ८२ करोड पुगेको छ । बैंकको कर्जा लगानी रु ९ अर्ब २२ करोड, ग्राहक सङ्ख्या एक लाख, सेयरधनी १६ हजार २७५, शाखा २५, कर्मचारी २१५ जना र तीन वटा एटिएम भएको सो बैंकका अध्यक्ष सुशीलकुमार गोशलीले जानकारी दिए ।
भूकम्पबाट घरवार बिहीन भएका भूकम्पपीडित परिवारलाई दुई प्रतिशत सहुलियत दरको आवास कर्जाको आह्वानपत्र तनहुँका गमबहादुर आलेमगर र लमजुङका दलबहादुर गुरुङलाई वितरण गरियो । बैंक पोखरालाई प्लास्टिक र गिलासमुक्त सहर बनाउने अभियानमा साझेदारको रुपमा काम गर्न सहमत भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: