
काठमाडौँ, २२ चैत-
पर्यटकीय नगरी पोखरामा आयोजना हुने फेवा महोत्सव हेर्न जाने पर्यटकलाई आवासमा २० प्रतिशत छुट दिइने भएको छ ।
आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्येश्यले फेवाताल किनारमा चैत २८ देखि वैशाख दुई गतेसम्म महोत्सव गर्न लागिएको हो । “आवासका अतिरिक्त अन्य सेवामा पनि छुट दिने बारेमा छलफल भइरहेको छ,” पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले आज आयोजित पत्रकार सम्मेलनमा बताए ।
नेपालमा मुख्य शहरहरुमा अग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्ष पनि उत्तिकै महत्वका साथ प्रचार गरी आन्तरिक पर्यटकलाई प्राथमिकता दिएर महोत्सव गर्न लागिएको उनको भनाइ छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मूख्य आकर्षण हुन् ।
कमेन्ट गर्नुहोस्
