फेवाताल किनारमा भोलीदेखि फेवा नवबर्ष महोत्सव, तयारी पूरा

Share:

माधव पनेरु
पोखरा, २७ चैत-
हरेक नेपाली नयाँबर्षको अवसरमा आयोजना गरिँदै आएको नवबर्ष महोत्सवको १४ औं सस्करण भोलीदेखी सुरु हुने भएको छ । महोत्सवको तयारी पूरा भएको आयोजक पश्चिमाञ्चल होटल संघ पोखराले जानकारी दिएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले महोत्सवको आवश्यक तयारी पूरा भएको जनाएको हो । हरेक बर्ष झै यो बर्ष पनि महोत्सवमा विभिन्न खाले साँस्कृतिक तथा खानाका परिकारहरुको आर्कषण रहेको पश्चिमाञ्चल होटल संघ, पोखराका अध्यक्ष तथा आयोजक समितिका संयोजक भरतराज पराजुलीले बताए ।
भर्खरै चलिए पोखरा अभियान चलाएर भारतका बिभिन्न स्थानको भ्रमण सकेर फर्किएको टोलीले यो बर्ष भारतीय पर्यटक मेलामा आउने अपेक्षा गरेको छ । पाँचतारे होटलमा पाईने खानाका परीकार देखि सबै खालका खानाका परिकारहरु एकै थलोमा पाईने,प्रख्यात कलाकारहरु द्धारा सास्कृतिक कार्यक्रमहरु बाल उद्यान, हास्य कलाकारहरु महोत्सवमा आउने आयोजकले बताएको छ ।
हरेक बर्ष विवादित बन्दै गएको आतसवाजी यो बर्ष गर्ने की नगर्ने भन्ने बिषयमा आयोजकले केही बताउन चाहेन । परिस्थती अनुसार काम हुन भएकाले अहिले यो बिषयमा केही नबोलौ, महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा मेला संयोजक भरतराज पराजुलीले भने । सडक जाम गरेर र आतसबाजी गरेर कुनै पनि मानवअधिकार हनन भने नहुने उनको भनाई थियो । प्रत्येक बर्ष सडकमा ब्यापार गर्ने र आतसवाजी गर्ने कार्य बिबादीत बन्दै आएको छ । नयाँ बर्ष सुरु हुने दिनमा भने देश , बिदेशका सबै भागहरु बाट मानिसहरु पोखराको बशुन्धरा पार्कमा हुने नवबर्ष महोत्सव हेर्न आउने गरेका छन ।
महोत्सवको मौका छोपेर खाना वा अन्य कुराहरुमो मुल्य बृद्धि अनियन्त्रीत रुपमा हुने गरेको छ । पश्चिमाञ्चल होटल संघले भने मुल्यवृद्धि रोक्नका लागि विभिन्न उपायहरु अपनाएको बताए पनि नियन्त्रण हुन सकेको छैन । अनुगमन समिति बनाएर अगाडी बढेको छौ – अब त्यस्तो हुन दिदैनो, पराजुलीले भने । आफुहरुको संघमा आबद्ध नभएकाहरुले मुल्य बढाएको उनको तर्क छ ।

कमेन्ट गर्नुहोस्
Share: