पोखरामा बन्ने अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास आज हुदै

Share:

पोखरा १ बैशाख

आज नयाँ वर्षका दिन पोखरा अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास हुदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको शिलान्यास गर्दैछन् । शिलान्यास कार्यक्रम भव्य र सभ्य बनाउनका लगि पोखरामा विभिन्न तयारीहरु पनि गरिएका छन् ।

शिलान्यास समारोहमा एमाओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, नेपाली काग्रेसका महामन्त्री शंशाक कोइराला लगाएका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु सहभागी हुने बताइएको छ । साथै समारोहमा पर्यटनमन्त्री सहित नेपाल नागरिक उड्डयान प्राधिकरणका विष्टि व्यक्तिहरु पनि सहभागी हुने छन् ।

शिलान्यास कार्यक्रममा सहभागी हुनका लागि १० सदस्यीय चिनियाँ टोली पनि पोखरा आइसकेका छन् । पोखरामा आएका टोलीमध्ये, विमानस्थल निमार्णको ठेक्का पाएको चाइना सि.ए.एम.सी इन्जिनियरिङ्ग कम्पनीकी अध्यक्ष लउ युन, चिनिया राजदुतावासका प्रतिनिधि पेङ वेइ सहित इन्जििनियरको टोली पोखरा आएका हुन् ।

पोखरावासीको करीब ४ दशक पुरानो सपना पुरा हुन लागेको समय भएकाले पनि सम्पूर्ण पोखरावासीलाई स्वर्तस्फूर्त रुपमा शिलान्यासको कार्यक्रममा सहभागी हुनका लागि क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख प्रदीप अधिकारीले आग्रह गरेका छन् ।

शिलान्यास भन्दा अगाडि पोखराका विभिन्न भागहरुबाट विभिन्न जातजातिका बाजागाजा सहित झाकी सहितको भव्य ¥याली निमार्णस्थलसम्म पुग्ने समेत कार्यक्रम रहको छ । ¥यालीमा पोखराका विभिन्न आमा समुह, युवा क्लब, टोल विकास संस्था, सरकार तथा गैरसरकारी संस्थाहरुको सहभागीता हुनेछ ।

पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निमार्णका लागि चैत्र ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भं्रमणको समयमा नेपाल तथा चीन सरकारबीच सम्झैता भएपछि पोखरेलीको सपना पुरा हुने भएको हो । ४० वर्ष अगाडि पोखरा १४, १५ र १८ नं वडाको ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल निमार्णको लागि अधिग्रहण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: