
बिग न्युज पोखरा, २ बैशाख / बिग एफएमले हरेक नेपाली नयाँ वर्षमा गर्दै आएको रेडियो गेम शोको यो संस्करण पनि जारी छ । यो ‘गुडलक ७३’ ईभेन्ट वैशाख ५ गतेसम्म चल्नेछ ।
हरेक अवसरलाई स्रोताहरुसँगै विशेष बनाउनका लागि एफएमले यस्ता खाले ईभेन्ट गर्दै आएको जनाएको छ । ईभेन्ट अन्तरगत हरेक दिन एफएमले एउटा प्रश्न सोध्नेछ । र, स्रोताहरुले एसएमएसमार्फत त्यसको सहि उत्तर पठाउनुपर्नेछ । सहि उत्तर पठाउने स्रोताहरुमध्येबाट एफएमले हरेक साँझ ८ बजे एक जनालाई विजेता घोषणा गर्ने कार्यक्रम सँयोजक संजोग बस्यालले जानकारी दिए ।
पहिलो दिन वैशाख १ गते थुमाको डाँडाका शम्भुशरण सापकोटा विजयी बने भने विहीबार दोस्रो दिन ढिकुपोखरीका शालिकराम अधिकारीले जितेका छन् । सोधिएको प्रश्नको सहि उत्तर पठाउनका लागि स्रोताहरुले BIG स्पेस दिई FM लेखेर फेरि स्पेस दिएर सहि उत्तर लेखि ४३२१ मा पठानुपर्नेछ । सही उत्तर दिनेमध्येबाट लक्की ड्रबाट एउटा मोबाईल नम्बर छनौट गरिनेछ ।
स्रोताहरुसँग नजिकिने वहानामा व्यावसायिक हिसाबले बर्ष भरी नै स्रोता केन्द्रीत कार्यक्रमहरु गरिदै आएको एफ।एमका अध्यक्ष महेश भण्डारीले बताए ।
यो सस्करणको लागि स्यालुट गोर्खा ट्रेनिङ सेन्टरले ब्यबशायिक सहकार्य गरेको छ । युवाहरुलाई लाहुरे ट्रेनिङ दिँदै आएको छ । त्यसैगरि व्यवसायीक सहकार्यमा हेल्थी टिफिन होम, न्यूरोड पनि रहेको छ ।
