
काठमाडौँ, ३ वैशाख-
तनहुँ निवासी नेपाली काँग्रेसका नेता एवम् समाजसेवी भोजराज खनालको ८० वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
दमको रोगबाट पीडित खनालको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँको पार्थिव शरीरमा नेकाका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको चारतारे झन्डा ओढाएर श्रद्धाञ्जलि दिनुभएको थियो ।
स्व खनालका श्रीमती, दुई छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको आजै अन्त्येष्टि गरिएको छ ।
कमेन्ट गर्नुहोस्
