पोखरा कपमा शनिवार पहिलो क्वाटरफाइनल अन्तर्गत पुलिस र एपिएफ भिड्ने

Share:

पोखरा ०३ वैशाख-

पोखरा रंगशालामा जारी पांचौ मनकामना पोखरा कपमा त्रिभुवन आर्मी क्लव क्वाटर फाइनलमा प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगाशालामा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लवले सरस्वती युथ क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै मनकामना पोखरा कपको क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

शुक्रबार सम्पन्न खेलको १४ औ मिनेटमा आर्मीको नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । खेलको ४५ औ मिनेटमा सरस्वतीका सुसान लामाले गोल फर्काए पछि खेल अझै प्रतिस्पर्धात्मक भएको थियो ।

त्यस्तै दोश्रो हाफको १३ औ मिनेटमा आर्मीको धिरज तामाङले आर्मीको लागी दोश्रो गोल गरेका थिए भने खेलको ८६ औ मिनेटमा आर्मीका नवयुगले आर्मीको लागी तेश्रो गोल गर्दै आर्मीलाई अघिल्लो चरणमा प्रवेश गर्न सफल बनाएका थिए ।

खेलको म्यान अफ दि म्याच आर्मीका नवयुग श्रेष्ठ घोषित भए । आर्मीले वैशाख ६ गते थ्री स्टार संग खेल्ने छ । शनिवार पहिलो क्वाटर फाइनल खेल नेपाल पुलिस र शसस्त्रको एपीएफ बीच प्रतिस्पर्धा हुने छ ।

कमेन्ट गर्नुहोस्
Share: