पश्चिमाञ्चल क्षेत्रीय कराते सम्पन्न ः कास्कीको अग्रता

Share:

लेखनाथ ६ वैशाख, कास्कीको लेखनाथमा २ रिठ्ठेपानीमा भएको पश्चिमाञ्चल क्षैत्रिय पुरुष तथा महिला फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सोमवार सम्पन्न भएको छ । बैशाख ५ र ६ गते भएको सो कराँते प्रतियोगितामा पुरुष ३० केजीमा पहिलो स्वरुप रावत (कास्की), दोस्रो एलेक्स गुरुङ्ग, (कास्की), त्यसै गरी पुरुष ५५ केजी तर्फ विक्रम क्षेत्री (कास्की) पहिलो, मन्दिप नेपाली (कास्की) दास्रो भएका छन् । ३५ केजी पुरुष तर्फ इन्द्र व थापा (कास्की) पहिलो र सम्राट सेन (कास्की) दोस्रो भए । ५० केजी पुरुष तर्फ विनोद नेगी (कास्की) पहिलो र अर्जुन वराम दोस्रो भएका छन् । महिला ४५ केजी मुनी तर्फ अन्जना ढुङ्गेल (कास्की) पहिलो भइन् भने एलीसा वराल (कास्की) दोस्रो भइन् । ३५ केजी मुनी महिला तर्फ एवी क्षेत्री (कास्की) पहिलो भइन् भने सविता कुमाल (कास्की) दोस्रो भइन् । ४० केजी पुरुष तर्फ सुशान्त गुरुङ्ग (कास्की), पहिलो र सुमन वराम (पर्वत) दोस्रो) भएका छन् ।खेलमा खुल्ला पुरुषमा हासिन्ह (कास्की) प्रथम र अशोक मोक्तान (गोर्खा) दास्रो भएका छन् । खुल्ला महिला तर्फ मधु अधिकारी (कास्की) पहिलो र खीममाया पुन (म्याग्दी) दोस्रो भइन् ।

क्षेत्रिय कराँते प्रतियोगितात्मक खेलमा कास्की ,बागमती, गोरखा, बागलुङ्ग लगाएत १२ जिल्लाका खेलाडी हरुको सहभागीता रहेको थियो । सोमवार सम्पन्न भएको खेलमा बिजयी भएका खेलाडी हरु लाई कार्यक्रमका प्रमुख अतिथी सभासद यज्ञ बहादुर थापाले मेडल तथा प्रमाण पत्र बितरण गर्दै खेल स्वास्थ, मनोरञ्जन तथा राष्ट्रका लागी पनि खेलिने हुँदा खेल खेलकुदको बिकासको लागी राज्यले खेलाडी हरु लाई सक्दो सहयागे गर्नु पर्ने बताए । करिव २ हजार दर्शकको अपार सहभागीताका साथमा भएको कार्यक्रममा उत्कृठ खेलाडी पुरुष तर्फ नरेश चौधरी र महिला तर्फ मुना पुन भएका छन् । सोही कार्यक्रममा नेपाली काग्रेस लेखनाथ नगर सभापती राजेन्द्रमणी लामीछाने, अखण्ड नेपाल लेखनाथ नगर अध्यक्ष मोती गिरी, लेखनाथ नगरपालीका कार्यलयका कार्यकारी अधिकृत लोक व भण्डारी लगाएतले वोलेका थिए । कार्यक्रम मुल समितीका संयोजक सु जंग वहादुर गुरुङ्गको सभापतीत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रशिक्षक सुवास खड्का, वावुराम पन्त र जानुका पराजुलीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: