पाचौं मनकामना कपका लागी मनाङ र आर्मी भिड्ने, सेमिफाईनलमा आर्मीसँग धरान पराजित

Share:

पोखरा ९, वैशाख-
पांचौ मनकामना पोखरा कपको उपाधीका लागी लक्ष्मी हुण्डाइ मनाङ मस्र्याङदी र विभागिय टीम त्रिभुवन आर्मी बीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार पोखरा रंगशालामा सम्पन्न त्रिभुवन आर्मी र धरान फुटवल क्लव बीच भएको खेलमा आर्मीले धरानलाई १–० ले पराजित गरेपछि उपाधीका लागी मनाङ र आर्मीको प्रतिस्पर्धा हुने भएको हो ।
बिहीबारको खेलमा त्रिभुवन आर्मीका नवयुग श्रेष्ठले खेलको ४९ औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । खेलमा विश्वास अधिकारीको पासमा नवयुग श्रेष्ठले बललाई जाली चुमाउन सफल भएका थिए । बिहीबारको खेलमा आर्मीका पदम तामाङ म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगिताको बिजेतालाई ट्रफी सहित ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपबिजेतालाई ट्रफी सहित २ लाख ५५ हजार ५ सय ५५ रुपैया प्रदान गरिने आयोजक कास्की जिल्ला फुटवल संघले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई एक थान मोटरसार्ईकल प्रदान गरीने छ । त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही १५÷१५ हजारका दरले नगद सहित ट्रफी प्रदान गरिनेछ ।

कमेन्ट गर्नुहोस्
Share: