
पोखरा , बैशाख ३०, बिग न्युज ,
जिल्ला शिक्षा कार्यालय, कास्कीकोले जिल्लामा अनुमति नलिई कक्षाहरु सञ्चालन गर्ने बिद्यालयहरु लाइै कार्वाही गरेको छ ।
शिक्षा कार्यालय कास्कीले सार्वजनिक गरेको प्रेश बिज्ञप्ती अनुसार ज्ञान सरोवर एकेडेमी, हेम्जा ८, लाई रु २५०००। (पचिसहजार) र सागर मेमोरियल बो.स्कुल, घाचोक ६, कास्कीलाई रु१००००। (दश हजासर) जरिवाना लिएको छ ।
शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा १७ को उपनियम २ (ग) बमोजिम जरिबाना कारवाही गरिएको जिल शिक्षा कार्यालय कास्कीका प्रमुख रमाकान्त शर्माले जानकारी दिए । जरिवाना गरिएकोउक्त उक्त रकम नेपाल सरकारको प्रशासनिक दण्ड जरिवाना र जफत शिर्षक(१४३१२) मा जम्मा गरी यस कार्यालयमा भौचर पेश गर्न निर्देशन दिइएको छ ।
साथै ज्ञान सरोवर एकेडेमी, हेम्जा ८ का अनुमति नलिएका कक्षाहरुका विद्यार्थीहरुलाई आप्mना विद्यार्थी बनाई परीक्षा दिलाउने लिटिल वेल्स स्कुल, पोखरा ५ लाई गल्ती स्वकार गरी अव आइन्दा सो कार्य नगर्ने प्रतिवद्धता जनाएको बताईएको छ ।
अनुमति नलिएका विद्यालय र कक्षाका विद्यार्थीको प्रमाण पत्रको मान्यता नहुने हुनाले त्यस्ता अनुमति नलिएका विद्यालय र कक्षाहरुमा आप्mना बाबुनानीलाई नपढाउन सम्पूर्ण अभिभावकलाई र अन्य कसैले पनि अनुमति नलिई विद्यालय सञ्चालन नगर्न र अनुमति लिएका विद्यालयहरुले पनि अनुमति लिएका भन्दा थप कक्षाहरु सञ्चालन नगर्न पनि शर्माले सबैलाई अनुरोध गरेका छन । साथै अनुमति नलिएका विद्यालयहरुलाई सहयोग पु¥याउने अनुमति लिएका विद्यालयहरुलाई पनि कारवाही हुने हुनाले त्यस्तो कार्य नगर्न अनुमति नलिइ कुनै विद्यालय र कक्षाहरु सञ्चालन भएको भए यस कार्यालयलाई जानकारी गराउनहुन अनुरोध गरिएको छ । अनुमति लिएर विद्याल सञ्चालन नभएका तथा विद्यार्थी शिक्षक, भवन नभएका, कागजमा मात्र रहेका विद्यालयहरुको ठाउँसारी, नामसरी, पुन सञ्चालन हुन र गर्न नसकिने हुनाले त्यस्ता कागजी विद्यालयहरु किन बेचमा कोही पनि सहभागी नहुन समेत जिल्ला शिक्षा कार्यालय कास्कीले अनुरोध गरेको छ ।
