पुनर्निर्माणको पाँच वर्षे कार्ययोजना सार्वजनिक

231
0
Share:

काठमाडौं, ३० वैशाख –

सरकारले भूकम्पछिको पुनर्निर्माणका लागि पाँच वर्षे कार्ययोजना सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदमा सार्वजनिक गरेको पुनर्निर्माणको कार्ययोजनामा भूकम्पपछिको पुनर्निर्माणका लागि ८ सय ३८ अर्ब लाग्ने अनुमान गरिएको छ ।
सरकारले विपदपछिको आवश्यकता अनुमान पिडिएनएमा ६ खर्ब ६९ अर्ब लाग्ने अनुमान गरिएपनि प्रभावित घर संख्या बढेको र पुनर्निर्माणका लागि मन्त्रालयगत रुपमा पनि थप बजेट माग भएकाले लागत बढ्ने प्रधानन्त्री ओलीको भनाई छ । कार्ययोजनमा २० वटा क्षेत्रगत खाका प्रस्तुत गरिएको छ ।
दुई वर्षभित्र निजी घर र पाँच वर्षभित्र सार्वजनिक लगायत सबै पुनर्निर्माण सक्ने सरकारले यसअघि नै घोषणा छ । निजी घर निर्माणका लागि मात्र ६ सय ४५ अर्ब बजेट रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: