श्रीमतीको हत्या गरेर श्रीमान फरार

Share:

पोखरा १५ असार । कास्कीको ढिकुरपोखरीका विनोद केसीले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

कास्कीको अधिकारीडाँडा ढिकुरपोखरीका विनोद केसीले अन्दाजी २८ वर्षीया श्रीमती विन्दु केसीको १४ असार राति हत्या गरेर फरार रहेको जिल्ला प्रहरी कार्यालय कास्की डिएसपी राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् ।

मृतक विन्दुको टाउकोमा चोट लागेको र अनुहार सुनिएको अवस्थामा घरमै शव फेला पर्नुका साथै पति फरार रहनुले पतिले नै हत्या गरी फरार भएको बास्तोलाले बताए ।

बास्तोलाका अनुसार १४ असार साँझ साढे ५ बजे विन्दु आफ्नै घरमा मृत अवस्थामा फेला परेको सूचना पाएपछि घटनास्थल पुगेको प्रहरीले मुचुल्का उठाई शवलाई पोष्ट मार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याएको थियो ।

छिमेकीहरुले केसी पति–पत्नीबीच बेला बेलामा झगडा हुने गरेको र पति केसी उग्र स्वभावको भएको बताएका छन् ।

विनोदले ५ वर्षअघि प्रेमविवाह गरी कान्छी श्रीमतिका रुपमा विन्दुलाई भित्र्याएका थिए । उनीहरुका २ छोरी छन् ।

यसअघि जेठी श्रीमतीलाई शारीरिक र मानसिक यातना दिएको भन्दै केसी विरुद्ध प्रहरीमा उजुरी परेपछि सार्वजनिक अपराध मुद्दामा करिव २२ दिन थुनामा बसेर उनी छुटेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: