
रेम बिक पोखरा, १७ असार । सामसुङ ग्यालेक्सी ग्राण्ड नियो बिग आईकन २०१४ मंगलबारदेखि शुरु भएको छ । मंगलबारदेखि शुरु भएको पहिलो चरणको अडिसन अन्तरगत पहिलो दिन २ सय ३२ जना गायन प्रतिभाहरुले अडिसनमा सहभागिता जनाए । पहिलो दिनको अडिसनमार्फत ५१ जना गायन प्रतिभाहरुले मात्रै दोस्रो चरणका लागि हरियो कार्ड प्राप्त गरेका छन् ।
पहिलो चरणको अडिसन मंगलबार सहित चार दिनसम्म चल्ने एफएमले जनाएको छ । मंगलबारदेखि शुरु भएको पहिलो चरणको अडिसनमा मेघराज वर्देवाले पहिलो हरियो कार्ड प्राप्त गरे । यसअघिको विग आईकन विजेता मुस्कान रानाभाटले पहिलो प्रतियोगीलाई हरियो कार्ड प्रदान गरेकी थिईन् ।
यसअघि कार्यक्रमको शुभारम्भ गर्दै विग एफएमका अध्यक्ष महेश भण्डारीले विग आईकनलाई नेपालकै सर्वाधिक पुरस्कार राशि भएको रियालिटि शो बनाउन सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गरे । ‘विग आईकनको निरन्तरता र यसको क्षेत्र विस्तारमा सबैको सहयोग नभएको भए हामी अहिलेको यो स्थितीसम्म आईपुग्ने थिएनौँ ।’ उनले भने–‘विग आईकनमा विग एफएमको मात्र स्वार्थ जोडिएको नभै सम्पुर्ण पश्चिमाञ्चलबासीको स्वार्थ जोडिएको छ ।’
विग एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले विग आईकन संगीतको महाकुम्भ मेलाको रुपमा विकसित भैसकेको बताए । यस्तै एफएमका मार्केटिङ को–अर्डिनेटर उदिपराज ढुंगानाले गायन रियालिटि शो लाई पाँचौ सँस्करणसम्म ल्याईपु¥याउन सहयोग गर्ने सम्पुर्ण व्यवसायिक घरानालाई पनि उनले धन्यवाद ज्ञापन गरे । शुरुवातकालदेखि निर्णायकको भुमिका खेल्दै आएका पोखराका अग्रज संगीतकर्मीहरु सामसुङ तामाङ र सुनिल थापाले विग आईकन गायन प्रतिभाहरुका लागि नेपालकै उत्कृष्ट मञ्च भएको दाबी गरे । यस्तै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले मोफसलमा रहेर पनि नेपालकै सबैभन्दा बढि पुरस्कार राशि भएको रियालिटि शो विग एफएमले गर्नु पत्रकारिताले गर्व गर्नुपर्ने कुरा भएको बताए । पाँचौ सँस्करणको विग आईकनको शुभारम्भ कार्यक्रममा यसअघिका विग आईकन विजेताहरु सुमन गौतम र मुस्कान रानाभाटको पनि उपस्थिती रहेको थियो ।
यो पटक विग आईकनका लागि ५० जिल्लाका ८ सय ९० जना गायन प्रतिभाहरुले प्रतिश्पर्धा गर्दैछन् । यसपटक विग आईकन बन्ने प्रतियोगीले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ मोटरसाईकल प्राप्त गर्नुका साथै व्रिटिश कलेजको स्पोन्सरसिपमा एक हप्ते बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर पाउनेछन् । यस्तै सेकेन्ड हुने प्रतिभाले ७५ हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्ने एफएमले जनाएको छ । यो पटक प्रतियोगीहरुले उत्कृष्ट बन्नका लागि १९ चरणको अडिसन पार गर्नुपर्ने एफएले जनाएको छ । प्रतियोगिताको निर्णायकमा संगीतकर्मीहरु सामसुङ तामाङ र सुनिल थापा रहेका छन् ।
दुई महिनासम्म चल्ने ईभेन्टलाई सामसुङ ग्राण्ड निओ मोबाईलले मुख्य प्रायोजन गरेको छ । नेपालस्थित सामसुङ मोबाईलको आधिकारिक विक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिस प्रालिले विग आईकनसंग सहकार्य गरेको यो चौथो पटक हो । यस्तै प्रतियोगिताको कान्साई नेरोल्याक पेन्ट्सले सबटाईटल स्पोन्सर गरेको छ भने सपोर्टेड बाईमा कंगारु एजुकेशन फाउन्डेशन रहेको छ । प्रोमोटेड बाईमा व्रिटिश कलेजले सहकार्य गरेको ईभेन्टमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी उपप्रायोजकको रुपमा रहेको छ । यस्तै सह प्रायोजकमा पोखरा नयाँबजारस्थित रबि अटोमोबाईल्सले सहकार्य गरेको छ भने सब स्पोन्सरमा पर्फेक्ट कन्स्ट्रक्शन एण्ड ईन्जिनियरिङ रहेको छ । बैंकिङ पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक रहेको छ । स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बार रेस्टुरेन्ट पार्टनर रहेको ईभेन्टलाई होटल पार्टनरको रुपमा लेकसाईडस्थित होटल बाराहिले सहयोग गरेको छ । यस्तै प्रतियोगिताको ईन्टरनेट पार्टनरमा पोखरा ईन्टरनेट रहेको छ । प्रतियोगिताको टिकट तथा टुर पार्टनर एम वे टुर्स एण्ड ट्राभल्स प्रालि रहेको छ भने बजार पार्टनरको रुपमा नाईन्टी नाईन बिग बजारले सहकार्य गरेको छ । विग आईकनको पाँचौ सँस्करणको मिडिया पार्टनरको रुपमा एभिन्यूज टेलिभिजन, अन्नपुर्ण पोस्ट, एजुकेशन संसार डटकम र कस्तो रमाईलो डटकमले सहकार्य गरेका छन् ।
