
पोखरा, असार २३। माधब पनेरु ।
जसरी मालपोतले मानिसको घरजग्गाको सुरक्षा संबन्धी खातापातको संरक्षण गर्नुपर्ने हुन्छ , त्यसरी नै बैकहरुले दैनिक सञ्चालनका आर्थिक बिषयहरुको प्रत्यक्ष संलग्नता राखेको हुन्छ ।
मालपोतमा अचल सम्पतीको भर परेजस्तै बैकहरुमा आर्थिक कारोबारको बिस्वास गर्नु सामान्य कुरा हो । तर पोखरामा रहेको सांग्रीला बिकास बैकबाट एक जना सेवाग्राही पिडित बनेका छन । बिस्वभरी नै बैकीङ्ग कारोवारको औशतदर बृद्धि संगै नेपालमा पनि पछिल्लो समय बैकीङ्ग गतिबिधि बढेसंगै बैकका डिफल्डहरु बाहिर आउन थालेका छन ।
पोखराका एक ब्यबशायि राम बहादुर तामाङ्गले लिदै नलिएको रकम उनको नाममा बैकले ऋण देखिएको छ । तामाङ्गले ६३ सालमा उक्त बैकबाट भने ऋण लिएका थिए । करिव ६ बर्षपछि तामाङ्गले ऋण चुक्ता गरिसकेका छन । तर उनको नाममा कर्जा सुचना केन्दैले दुईपटकमा गरि ४४लाख रुपैया ऋण लिएर नतिरेको भन्दै सुचना जारी भएपछि तामाङ्गले अन्य बैकिङ्ग कारोवार गर्न पाएका छैनन् । उनको नाममा देखिएको ऋणको बिबरण अनुसार एक पटकमा ३० र १४ लाखको दरले ऋण लिएको तर भुक्तनी नगरेको भनि उल्लेख छ । खादै नखाएको ऋण देखिएपछि बैकमा सम्पर्क गर्दा मात्रै बैकका कर्मचारीहरुले आफुहरुलाई थाहा नभएको कुरा भनेको तामाङ्गले भने ।
अर्को बैकमा ऋण लिनको लागि अन्तीम तयरीमा रहेका तामाङ्गको ऋण प्रकृया सोही कारणले रोकिएको छ । जिरो किलोमिटरमा रहेको सांग्रिला बैकमा खोलेको ऋण खातामा उनको नाममा ४४ लाख देखिएको हो । यस्तो गभ्भीर त्रुटिका कारण बैकको बिस्वास पनि कम भएको तामाङ्गले गुनासो गरेका छन । कर्जा सुचना केन्द्रमा जारी भएको सुचनाका कारण अन्य बैकिङ्ग कारोबार तथा बैदेशिक यात्रामा जान समेत समस्या देखिएको उनले बताए ।
सांग्रीला बिकास बैकका जिरो किलोमिटर शाखाका प्रमुख हिरामाया गुरुङ्गले आफुहरुको सफटवयरमा समस्या आएका कारण यस्तो भएको हुनसक्ने बताईन । तामाङ्गको नाममा कुनै ऋण नभएको उनले स्पष्ट पारीन । ऋण लिनु भएको छैन भन्ने कुरा स्पष्ट छ तर सफटवयरमा मात्र देखिएको हो , गुरुङ्गले भनिन् । सफ्टवयर समस्याका कारण यस्तो भएकाले आफुहरुले सच्याउने उनले जानकारी दिएकी छन । साग्रीला बैकले तामाङ्गलाई आफ्नो बैकमा कुनै ऋण नभएको क्लीयरेन्स लेटर दिईसकेको छ ।
कर्जा सुचना केन्द्रमा ऋणको सुचनाको बारेमा खराव ऋणीहरुको मात्र जाने गर्दछ । नियमित ऋणको किस्ता नतिरेकाहरुको सुचना संबन्धीत बैकले जानकारी गराएपछि मात्र राखिने नेपाल राष्ट्र बैक पोखराका प्रमुख चिरन्जीवी चापागाईले जानकारी दिए । कर्जा सुचना केन्द्रले संबन्धीत बैकको अनुरोध पछि मात्र सुचना जारी गर्ने हो , त्यसैले त्यो संबन्धीतक बैककै कमजोरी हो, उनले भने । सफट्वयरकै कारणले मात्र कमजोरी हो भनेर उम्कन नमिल्ने चापागाईको भनाई छ । कर्जा सुचना केन्द्रमा जारी भएको सुचना तत्काद हटाएपनि दुई बर्ष सम्म अन्य बैकले समेत ऋण दिन नपाउने प्राबधान रहेको उनले जानकारी दिए । बैकको कमजोरीका कारण अनाहकमा जनताले दुःख पाएको चापागाईले तत्काल सच्चाएर पिडितलाई थप पिडित हुन बाट जोगाउन संबन्धीत बैकलाई र्निदेशन दिईने चापागाईले स्पष्ट पारे ।
बैकहरुको धन जमानीमाथी नै पहिलो प्रहार किन ?
तपाई कुनै पनि बैकमा कसैको धन जमानी बस्नु भएको छ भने संब्न्धीत ऋणीले ऋण नतिरेमा बैकहरुले पहिला तपाई माथी नै दवाव दिने गर्दछ । नेपालमा रहेका बैक तथा बित्तीय सस्थाहरुले गरेको यस्तो कृयाकलाप बैकीङ्ग प्रणाली बिपरित हो । कुनै पनि क्षेत्रमा लगानी पुर्ब संबन्धीत बित्तय सस्थाले कुल बिगोको ३० प्रतिशत मात्र लगानी गर्ने अधिकार पाएको हुन्छ । अर्थात तोकिएको पुर्ब शर्त अनुसार कर्जा असुल नभएको लिलामी मार्फत लगानी उठाउन सक्ने गरि मात्र लगानी गर्ने अधिकार बित्तिय सस्थाहरुलाई रहेको राष्ट्र बैक पोखराका प्रमुख चिरन्जीवी चापागाईले बताए ।
ऋणीको धितो लिलाम तथा उसको नाममा रहेको अन्य सम्पतीबाट समेत असुल गदापनि बिगो नउठेमा मात्र धनजमानीको सम्पतीबाट असुल गर्ने प्रावधान रहेको चापागाईले जानकारी दिए । पहिला ऋणिबाट नै उठाउने हो , नभएमात्र धनजमानीको बाट असुल गर्ने स्पष्ट प्रावधान रहेको उनको भनाई छ । तर पोखरामा रहेको बैकहरु सकेसम्म लिलामीमा गएर कर्जा ऋणीबाट असुल गर्नुको सट्टा धनजमानीलाई कर्जा तिर्न दवाव दिने गरेको पाईएको छ । जसका कारण ऋणी भन्दा धनजमानीले अनाबस्यक झन्झट ब्यहोर्नु परेको गुनासो आएको छ ।
