बङ्गलादेशमा नमाज पढिरको ठाउँमा विस्फोट, एक प्रहरीको मृत्यु

Share:

ढाका, २३ असार –
बङ्गलादेशको राजधानी ढाकाबाट उत्तरतर्फ पर्ने एक जिल्लामा मुस्लिम अतिवादीहरुले बिहीबार रमादानको प्रार्थनाका लागि उपस्थित भएका ठूलो सङ्ख्याका व्यक्तिलाई लक्ष्यगरी बम हानेका छन् ।

उक्त बम हमलामा परी एकजना प्रहरीको ज्यान गएको छ भने थप विवरण आउन बाँकी नै रहेको अधिकारीहरुले जनाएका छन् ।

उत्तरी जिल्ला किसोरगन्जमा बिहीबार बिहान सो हमला भएको बताइएको छ । बताइएअनुसार प्रार्थनाका लागि कम्तीमा पनि दुई लाख मानिस जम्मा भएका र सो स्थलमा बम हमाल भएको थियो ।

उक्त हमलामा एकजना प्रहरी मारिएको प्रारम्भिक सूचनामा जनाइएको छ । उक्त क्षेत्रमा ठूलो सङ्ख्याका मानिस रहेकोले आक्रमणकारीहरुले उनीहरुलाई नै लक्षित गरेको जनाइएको छ ।

उक्त जिल्लाका एकजना प्रहरी अधिकारी महाबुर रहमानले भने– सो ठूलो सङ्ख्याको भीडलाई लक्ष्यगरी केही व्यक्तिले बम हमला गरेका थिए ।

सो हमलाबाट एकजना प्रहरीको ज्यान गएको छ भने एक आक्रमणकारी पनि मारिएका छन् । अर्का एकजना आक्रमणकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: