शशांक कोइरालाको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट निकालियो

Share:

काठमाडौं, २३ असार-
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ । उनको स्वास्थ्यमा सुधार भएको भन्दै चिकित्सकहरुले भेन्टिलेटरबाट बाहिर निकालेका हुन् ।

आइसियू कक्षमा राखेर उनको उपचार जारी छ ।

मंगलबारदेखि स्वास्थ्यमा समस्या आएपछि डा। कोइरालालाई चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको छ । उनको उपचारमा पत्नी सुपात्रासहित १५ जनाको टोली खटिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: