प्रेस सेन्टर कास्कीको अध्यक्षमा विभु भुषाल

Share:

पोखरा, २४ असार-
नेपाल कम्युनिष्ट पार्टी माओवादी(केन्द्र) निकट प्रेस सेन्टर नेपाल कास्कीको अध्यक्षमा बिभु भुषाल सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
सेन्टरको शुक्रवार पोखरामा सम्पन्न एकता अधिवेशनले भुषालको अध्यक्षतामा २१ सदस्यिय जिल्ला समिति सर्वसम्मत रुपमा चयन गरेको हो । नवनिर्वाचित समितिको ५ जना उपाध्यक्षहरुमा दीपक परियार, सन्देश श्रेष्ठ, घनश्याम पाण्डे, रोशनी गुरुङ र विश्व सुवेदी रहेका छन् । त्यसैगरि सचिव पदमा कृष्ण दवाडी निर्वाचित भएका छन् । त्यस्तै सहसचिवमा भीम थापा र लक्ष्मी वि.क तथा कोषाध्क्षमा उमा आले छन् । सेन्टर कास्कीको सदस्यहरुमा सोनीया लामा, पुष्प दाहाल, प्रकाश अधिकारी, गीता राना, भुपाल कुमार गुरुङ, हेमराज अधिकारी, शोभा बराल, विनु थापा, सुशीला क्षेत्री, सुकु पाठक र मोतीवहादुर कार्की(परिर्वतन) छन् ।
अधिवेशनले केन्द्रीय पार्षदमा कृष्ण अञ्जान, शान्ति पोखरेल, रुपिन्द्र प्रभावी कटु, रामचन्द्र राई, हरी पराजुली, राधिका कँडेल, रविभुषण पराजुली, मिना कुमारी थापा र गणेश पौडेललाई निर्वाचित गरेको छ । साथै अधिवेशनले प्रदेश सम्मेलनको लागि २० सदस्य चयन गरेको छ । प्रेस सेन्टरका केन्द्रीय सल्लाहकार पदम रेग्मीको अध्यक्षतामा रहेको ३ सदस्यिय निर्वाचन मण्डलले जिल्ला समिति, केन्द्रिय तथा प्रदेश पार्षदको सर्वसम्मत रुपमा चयन गरेको हो । निर्वाचन मण्डलमा प्रेस सेन्टरका प्रदेश नं४ का संयोजक त्रिभुवन पौडेल तथा सहसंयोजक गोमा घिमिरे सदस्य रहेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: