
म्याग्दी, २५ असार-
मुस्ताङको माथिल्लो क्षेत्रमा इलाका प्रशासन कार्यालय सञ्चालनको तयारी सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङको पहलमा आउँदो साउन १ गतेदेखि उपल्लो मुस्ताङको लोमान्थाङमा इलाका प्रशासन कार्यालय सञ्चालन गर्न लागिएको हो ।
हिमाली जिल्ला मुस्ताङ भौगोलिक विकटता भएको हुँदा उपल्लो मुस्ताङका स्थानीय बासिन्दालाई सदरमुकाम जोमसोम झरेर सरकारी सेवासुविधा लिन समस्या भएपछि इलाका प्रशासन कार्यालय सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
उपल्लो मुस्ताङका स्थानीय बासिन्दालाई लक्षित गर्दै लोमान्थाङमा इलाका प्रशासन कार्यालय सञ्चालन गरिने मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो । इलाका प्रशासन कार्यालय नियमित सञ्चालनको लागि अहिले एकजना अधिकृतसहित पाँच जनाको दरबन्दी छ ।
