बाँदरको एक्टिङ्गसहित ‘वृन्दावन’ छिट्टै आउँदै, ट्रेलर सार्वजनिक (भिडियो सहित)

Share:

असार २५ गते-
नायिका शिल्पा पोख्रेल फेरि एकपटक एक्सन अवतारमा फर्किएकी छिन् । उनले यसअघि चलचित्र ‘हवल्दार सुन्तली’मा भरपुर एक्सन गरेकी थिइन् । उनले मुख्य भूमिका निर्वाहा गरेको चलचित्र ‘वृन्दावन’को ट्रेलरमा उनको एक्सन अवतार देख्न सकिन्छ ।

उनलाई नायक किशोर खतिवडा र दीपेन्द्र जीसीले साथ दिएका छन् । साथमा चलचित्रमा लामो समयपछि बा“दरको पनि विशेष भूमिका हेर्न सकिनेछ । नेपाली चलचित्रमा जनावरको अभिनय अहिले कमै मात्र देख्न सकिन्छ ।

व्यवसायिक शैलीमा निर्माण भएको चलचित्रको ट्रेलरले दर्शक आकर्षित गर्न सक्छ । यो चलचित्र भदौ १७ गतेबाट नेपालभर रिलिज हुँदैछ । राजबहादुर सानेको निर्देशनमा तयार भएको यो चलचित्रमा रुद्र खनाल निर्माता छन् । रुद्राक्ष फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका सह–निर्माता कमल जीसी हुन् । चलचित्रको एक्सन पाटोलाई सशक्त मानिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: