विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

Share:

काठमाडौं, २४ साउन–
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साउदी अरब, श्रीलंका लगायत देशमा अलपत्र परेका नेपालीहरुलाई तत्काल स्वदेश फर्काउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई सोमबार टेलिफोन गरी अलपत्र परेका नेपालीहरूलाई तुरुन्तै राहत र नेपाल आउने वातावरण निर्माण गर्न निर्देशन दिएका हुन् ।

साउदी अरबमा कम्पनिहरु बन्द हुँदा नेपालीहरु समस्यामा परेको समाचार सार्बजनिक भएको छ । यसैगरी श्रीलंकामा पनि नेपालीहरु अलपत्र परेको समाचार आएको थियो ।

प्रधानमन्त्री प्रचण्डले दिएको निर्देशनबारे जानकारी दिँदै स्वकीय सचिव प्रकाश दाहालले भने, ‘सरकारी खर्चमा हुन्छ की, दलालहरुबाट हुन्छ जसरी भए पनि अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन वा त्यहीँ काम गर्न चाहान्छन् भने पनि रोजगारीको व्यवस्था मिलाउन निर्देशन भएको छ ।’

प्रधानमन्त्रीले सम्बन्धित देशको सरकार र दूतावाससँग समन्वय गरी यथाशिघ्र उनीहरुलाई राहतको व्यवस्था मिलाउन पनि भनेको दाहालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: