
काठमाडौँ, २४ साउन–
प्रधानमन्त्री पुष्पकमल दाहालले आज साना दललाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका छन् ।
प्रधानमन्त्री दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (संयुक्त) का एक गरी तीन जनालाई मन्त्रिमण्डलमा सहभागी गराएका हुन् । विस्तारित मन्त्रिमण्डलमा राप्रपाबाट दीपक बोहरा र विक्रम पाण्डे तथा नेकपा (संयुक्त) बाट जयदेव जोशी रहेका छन् ।
नवनियुक्त मन्त्रीहरुले आज साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिए ।
यससँगै मन्त्रिपरिषद् नौ सदस्यीय बनेको छ । यसअघि यही साउन २० गते सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) का प्रधानमन्त्रीसहित चार र प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसका तर्फबाट दुई गरी छ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।
