गुरुङ पर्यटन व्यवसायी पश्चिमाञ्चल क्षेत्रीय समितिमा पुनः बोबरजंग गुरुङ

Share:

पोखरा १५ भदौ
गुरुङ पर्यटन ब्यवसायी संघ नेपाल पश्मिाञ्चल क्षेत्रिय समिति पोखराको पाँचौ वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले पुनः बोबरजंग गुरुङको अध्यक्षतामा आगामी २ वर्षको लागि १३ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ ।
समितिको उपाध्यक्षमा हर्कबहादुर गुरुङ, महासचिवमा कर्णबहादुर गुरुङ, सचिवमा विकास गुरुङ, कोषाध्यक्षमा किसमकुमारी गुरुङलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा भुपाल गुरुङ, जुवु गुरुङ, कुमार गुरुङ, राजेन्द्र गुरुङ, विष्णु गुरुङ, रामबहादुर गुरुङ र अविलास गुरुङलाई चयन गरेको छ । समितिको २ जना सदस्य पछि मनोनय गर्ने प्रावधान रहेको छ ।
संस्थापक अध्यक्ष कूलबहादुर गुरुङको अध्यक्षतामा गठन भएको निर्वाचन समितिले सर्वसम्मत रुपमा कार्य समितिको नाम घोषण गरेको हो ।
यसअघि अधिवेशनको नेपाल गुरुङ पर्यटन व्यवसायी संघ नेपाल केन्द्रिय समितिकी अध्यक्ष कमला गुरुङले एक समारोहका बीच उदघाटन गरेकी थिइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले अब गुरुङ पर्यटन व्यवसायीहरु एकजुट भएर अगाडी बडनुपर्ने बताइन् ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका सदस्य तथा महिला उद्यमी सीता गुरुङले नेपालको पर्यटकीय गन्तव्यहरु गाउँगाउँबाट शुरु हुने भन्दै गाउँघरमा पर्यटन प्रवद्र्धन गरि अहिले रोइरहेको नेपाली गाउँहरुको मुहार उज्यालो पार्नुपर्ने बताइन् ।
कार्यक्रममा गुरुङ पर्यटन व्यवसायी संघ नेपालका संस्थापक अध्यक्ष कूलबहादुर गुरुङलाई क्षेत्रिय समितिको तर्फबाट सम्मान गरिएको थियो भने केन्द्रिय समितिको तर्फबाट पोखराका तमू पत्रकारहरुलाई सम्मान गरिएको थियो ।
वि.सं. २०६८ सालमा स्थापना भएको संघमा अहिले पश्चिमाञ्चल समितिमा ८७ जना र देशभरमा ३ सय जना भन्दा बढी सदस्यहरु आबद्ध रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: