
रञ्जन अधिकारी
पोखरा, १६ भदौ-
कैलाश विकास बैंकको ३७ औं शाखा पोखरा विरौटाचोकमा स्थापना भएको छ । गत जेठमा मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाईनान्सबीच मर्ज भएको कैलाश विकास बैंकले पोखरामा मात्रै ११ शाखा पु¥याएको छ भने लेखनाथमा दुई शाखा सञ्चालनमा छन् ।
बैंकको विरौटा शाखाको बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शुभारम्भ गरे । उनले ग्रामिण क्षेत्रमा बैंक स्थापना वा शाखा सञ्चालन गर्न जोड दिए । उनले भने– ‘बैंकिङ गतिविधि साहुमहाजनका लागि मात्र भए । सबैको पहुँचमा पुٸयाउने गरी अघि बढ्नु आवश्यक छ ।’ उनले मौद्रिक स्थिरता, वित्तिय स्थिरता कायम गर्दै अघि बढेको राष्ट्र बैंकले मुलुकका आर्थिक विकासमा निकट रहेर सबैसँग सहकार्य गर्ने नीति लिएको जनाए । मौद्रिक नीति कार्यान्वयन भईसकेको भन्दै उनले बैंकहरुले स्वस्थ प्रतिष्पर्धा गर्नुपर्ने बताए । ‘पोखरामा विकास बैंकहरुका गतिविधि राम्रो छ । कैलाश विकास बैंक झनै उत्कृष्ट छ ।’ उनले भने– ‘अब कैलाशले डिम्याट अकाउण्ट खोल्न काठमाण्डौं जान नपर्ने गरी सेवा शुभारम्भ गर्न लागेकोमा खुशी छु ।’
राष्ट्र बैंक पोखराका निर्देशक चिरञ्जीवि चापागाईंले कास्कीमा वाणिज्य बैंकहरुकै हाराहारीमा विकास बैंकहरु रहेको जनाए । ‘वाणिज्य बैंकहरुको ४९ अर्ब रहँदा विकास बैंको ४७ अर्ब छ ।’ उनले भने– ‘कास्कीमा विकास बैंकहरु राम्ररी सञ्चालनमा छन् ।’ उनले बैंकको निरीषण, सुपरीवेक्षणका कामहरु केन्द्रबाट मात्रै हुने जनाउँदै वित्तिय व्यवस्था, बैंकहरुको अवस्था, गतिविधि, विदेशी मुद्रा व्यवस्थापन, नयाँ पुराना नोटहरुको कारोबार, बैंकिङ सेवा प्रदान क्षेत्रीय कार्यालयले गर्न बताए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले अनुगमन, निरीक्षण, स्वीकृति सहजताका लागि अब राष्ट्र बैंकले शक्ति विकेन्द्रिकरण सिद्धान्त अनुसार प्रदेशहरु बन्दै गर्दा ध्यान दिन जरुरी रहेको बताए । डेभलपमेन्ट बैंकर एशोसियसनका सचिव गोविन्द ढकालले मर्जपछि बैंकहरु घट्दै र शाखाहरु खुल्ने क्रम बढ्दै गएकोमा सन्तोष प्रकट गर्दै संस्थागत सुशासन, नीति नियम परिधिभित्र रहेर बैंक हाम्रो हो भन्ने भावनाका साथ बैंकरहरु अघि बढ्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा स्वागत गर्दै कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले पूँजी, निक्षेप, मुनाफा, कर्जा लगानी, सुशासनमा पनि राम्रो भएकाले विकास बैंकमध्ये सबैभन्दा ठूलो र राम्रो रहेको दावी गरे । सञ्चालक समिति अध्यक्ष राजेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक व्यवस्थापक सूर्यप्रसाद तिवारीले गरेका थिए । बैंकले आगामी असोजमा २५ वर्ष पूरा गर्दैछ ।
